अस्लम खान
मर्चवार, १५ चैत । सिद्धार्थ यातायात समिति रुपन्देहीले मर्चवार काठमान्डौ रात्रिकालिन बस सेवा शुभारम्भ गरेको छ । शुभारम्भ पछि अब मर्चवारको थुमुवा क्षेत्र देखी काठमान्डौ सम्म दैनिक रुपमा रात्रि बस चल्ने भएका छन् ।

बस सेवा शुभारम्भ गर्दै समरिमाई गाउपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अथिति जितेन्द्र देब शुक्ला (बव्लु) ले मर्चवारको बिकासका लागी आफुले धेरै योजनाहरु अगाडी सारेको बताउदै अवका दिनमा यातायात क्षेत्रलाई समेत व्यवस्थित गर्ने बताए ।
उनले रात्रिकालिन सेवाका अलवा मर्चवारका प्रत्येक चोक बाट माईक्रोबसहरु सञ्चालन गर्न समेत सिद्धार्थ यातायात समितिलाई अनुरोध गरे ।
सिद्र्धाथ यातायात समितिका अध्यक्ष तथा कार्यक्रममा अध्यक्ष सञ्जिब रोक्काले आबस्यकता अनुसार यातायातको सेवा दिनमा आफुहरु तयार रहेको जनाएका थिए ।
समितिका उपाध्यक्ष सुनिल बिष्टले समेत यातायात क्षेत्रमा जनताको सहजताका लागी आबस्यक क्षेत्र बाट बस सञ्चालन गर्न सकिने बताए । अलाउदिन खानको स्वागत मन्तव्य तथा एडी खानको बिशिष्ट आथित्यतामा सम्पन्न भएको कार्यक्रममा साहाबुद्धीन देवान लगाएतका स्थानियहरुले मन्तव्य राखेका थिए ।