logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    लिलारामले गरेयो बिदाई


    २५ चैत्र २०७४ , आइतबार

    लिलारामले गरेयो बिदाई

    भैरहवा, चैत । रुपन्देही लिलाराम न्यौपाने उच्च माबी भैरहवाले कक्षा १२ अध्ययन पुरा गरेका बिद्यार्थीहरुलाई बिदाई गरेको छ । शनिवार एक कार्यक्रमका बिच कक्षा ११ मा अध्ययन गर्ने बिद्यार्थीहरुले कक्षा १२ अध्ययन पुरा गरि क्याम्पस पढन जान थालेका बिद्यार्थीहरुलाई बिदाई गरेका हुन् ।


    विदाई भएर जाने विद्यार्थीहरुलाई उच्चमाबीका शिक्षक तथा बिद्यार्थीहरुले बिदाई गर्दै उज्ज्वल भविष्यको कामना गरेका थिए । रुपन्देही लिलाराम न्यौपाने माबीमा पढेर जाने बिद्यार्थीहरुले आफ्नो भविष्य सोचेर अध्ययन गर्नुपर्ने सुभकामनाहरु समेत कक्षा ११का बिद्यार्थीहरुले दिएका थिए ।
    स्कुलका शिक्षक बिना भण्डारी, पवन यादब, संगिता गौतम लगाएतले समेत मन्तव्य मार्फत कक्षा १२ पुरा गरि विदाई भएर जान लागेका आफ्ना प्रिय बिद्यार्थीहरुलाई लगनशिल, परिश्रमी र अनुसाशीत भएर कलेज लेवल अध्ययन गर्न सुझाव दिएका थिए ।


    उच्चमाबीका सहायक प्रार्चाय रुप कुमार रायमाझीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुको आथित्यता रहेको थियो । महिमा बस्नेतको सञ्चालन रहेको विदाई कार्यक्रममा भानुमती चाईको स्वागत मन्तव्य राखेकी थिईन ।
    रुपन्देहीको पुरानो स्कुल मध्यको रुपन्देही लिलाराम न्यौपाने माबीले विगत केही बर्ष देखी शिक्षा संकाय र व्यवस्थापन संकायमा कक्षा ११ र १२ को कक्षा सञ्चालन गरिरहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.