logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति प्रार्थना


    १३ बैशाख २०७३ , सोमबार

    बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति प्रार्थना

    IMG_20160424_115715भुकम्प स्मृती दिवस

    भैरहवा,बैशाख । गत बर्ष बैशाख १२ गते गएको महाबिनाशकारी भुकम्पकमा परी ज्यान गुमाउने स्वदेशी एबं बिदेशीहरुको संझनामा आईतबार बुद्ध जन्मस्थल लुम्बिनीमा शान्तिको कामना गरीएको छ ।
    लुम्बिनी बिकाश कोष र होटल कासाई लुम्बिनीको संयुक्त रुपमा आयोजित कार्यक्रममा लुम्बिनीमा अबस्थित बिभिन्न स्वदेशी तथा बिदेशी गुम्बा बिहारका भिक्षुहरुले आ आफ्नो देशको भाषा अनुसार बौद्ध परीत्राण पाठ गरी भुकम्पमा परी ज्यान गुमाउनेहरुको चिर शान्तीको कामना गरे भने भुकम्पमा परी घाईते भएकाहरुको  स्वास्थ्य लाभको कामना गरीएको थियो ।
    मायादेबी मन्दिर पश्चिम पट्टी पबित्र कुन्ड नजिकै बोधी बृक्षको काखमा बिहान १० बजे देखि सुरु भएको कार्यक्रममा भुकम्प गएको समय ११ बजेर ५६ मिनेटमा सबैले एक मिनेट मौन धारणा गरेका थिए ।
    अन्तर्राष्ट्रिय बौद्ध समाजका अध्यक्ष एबं लुम्बिनी बिकाश कोषका आध्यातिमक सल्लाहकार भिक्षु मैत्रेय महास्थबिरको नेतृत्वमा अन्य स्वदेशी तथा बिदेशी भिक्षुहरुले बिशेष पाठ गरी मृतआत्माको चिर शान्तीको कामना सहीत अब यस्ता प्राकृतिक बिपत्ती नेपालमा नआओस भनेर प्राथना समेत गरेका थिए ।
    सो क्रममा लुम्बिनी बिकाश कोषका सदस्य सचिब अजितमान तामांगले गत बर्षको भुकम्पले देशको सबै क्षेत्र क्षत बिक्षत बनाएको उल्लेख गर्दै भुकम्प पिडीतहरुका लागी लुम्बिनी भित्रका बिभिन्न बिहार,लुम्बिनी बिकाश कोष,लुम्बिनीका होटल ब्ययबसायी,स्थानिय बासिन्दाहरुले सक्दो राहत सामग्री भुकम्प पिडीतहरुलाई प्रदान गरी  अमुल्य सहयोग गरेको जनाए ।
    कार्यक्रम आयोजक सस्था लुम्बिनी होटल कासाईका अध्यक्ष तोकुसीन कासाई                                                                              ले जापान बाट सन्देश पठाई सुन्दर हिमालय र बुद्धको देश नेपालमा गत बर्ष बैशाख १२ (२५ अप्रैल)का दिन गएको महाबिनाशकारी भुकम्प बाट ज्यान गुमाएका सबैको आत्मशान्तीको कामना गर्दै उन्ले सन्देशमा भने ‘महापिडा भित्र पनि नेपालीहरुको हसिलो अनुहार छ,सुन्दर भबिश्य र शान्तिमय बिश्वको कामना छ ,।उन्को सन्देश होटलका महाप्रबन्धक बिनेश मानन्धरले पढेका थिए । शान्ति कामना कार्यक्रममा लुम्बिनीको प्रचारक एबं अभियान्ता चेतन पन्त,होटल कासाईका प्रतिनिधी सोकाईडामा लगायतले भुकम्पको बारेमा चर्चा गर्दै अब यस्तो प्राकृतिप बिपत्ती नेपालमा कहिले नआओस भन्दै प्रार्थना  गरेका थिए ।
    कार्यक्रममा भिक्षुहरु,स्थानिय बासिन्दा,ब्यबसायीहरु,लुम्बिनी बिकाश कोषका कर्मचारी, लगायतको सहभागिता थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.