लुम्बिनीखबर
भैरहवा, वैशाख ३१ । अन्नपूर्ण एग्रो इन्डस्ट्रीज प्रा.लि. रुपन्देही बाट उत्पादित दाना गुणस्तरहिन रहेपछि कार्बाहीको लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा मुद्धा दायर गरिएको छ ।

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको टोलीले निरीक्षण गर्दा उक्त एग्रोमा उत्पादित दाना कमसल र गुणस्तरहिन रहेपछि मुद्धा दायर गरिएको हो ।
एग्रोले बोईलर, कोईलर र लेयरस कुखुराको दाना उत्पादन गर्दछ । उत्पादिन दाना मापदण्ड भन्दा कमसल भएपछि कार्बाहिको लागि मुद्धा दायर गरिएको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले जानाकारी दिएको छ ।
यस एग्रोले अन्नपूर्ण प्लेट फिड, कोपिला प्लेट फिड र उर्बार प्लेट फिड ब्राण्डका दाना उत्पादन गर्दछ । उद्योगमा उत्पादन भएका दानाहरु काठमाडांै, पोखरा, चितवन, हेटौडा, रुपन्देही लगायतका जिल्लामा जाने गरेको छ ।
देशका विभिन्न स्थानमा पुग्ने यसका उत्पादनमा गुणस्तरहीन देखिएपछि क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले छापा हानेर गुणस्तरमा अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो ।
नेपालको कानुनमा न्यूनस्तरको खाद्य पदार्थ उत्पादन, बिक्री बितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई खाद्य ऐन २०२३ को दफा ५ को उपदफा १ बमोजिम नगद जरिवाना का साथै १ बर्ष सम्मको कैद व्यवस्था गरेको छ भने यसै कसुरमा कालोबजारी ऐन अनुसार २ बर्ष सम्मको कैद हुने प्रावधान रहेको छ ।
आर्थिक वर्ष २०७४/०७५ मा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले हाल सम्म १० वटा उद्योगहरुलाई गुणस्तरहीन र लेवल नभएको अनुसन्धानमा प्रमाणित गरेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा मुद्धा दायर गरेको हो ।
गुणस्तरहिन उत्पादन गरेको र लेवल नलगाएका २५ वटा उद्योगहरु अनुसन्धानको प्रकृयामा रहेको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख हस्त बहादुर राईले जानाकारी दिएका छन् ।
राईका अनुसार – रुपन्देही, तनहुँ र पोखराका उद्योगहरु कारबाहीका लागि मुद्धा दायर गरिएको, दुई दर्जन उद्योगहरु अनुसन्धानको प्रकृयामा रहेको र बजार अनुगमनलाई तिब्रताका साथ अगाडी बढाईएको छ ।
क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले रुपन्देहीमा सञ्चालित प्रशिद्ध वाटर इन्डस्ट्रिज, सिद्धार्थ आयल इन्डस्ट्रिज, रौनक आधुनिक तेल उद्योग, सिद्धार्थ रिफाईनरी तथा आयल इन्डस्ट्रिज , दुर्गा मोर्डन आयल मिल , साई प्याकेजिङ उद्योग लाई समेत कार्बाहीको लागी मुद्धा दायर गरेको खाध्य अधिकृत निरज कटुवालले जानाकारी दिए ।
कार्यालयले सुजल डेरी प्रा.ली. पोखरा र प्रेम बहादुर गुरुङ टेड्रस तनँहुलाई समेत कार्बाहीको लागी मुद्धा दायर गरेको छ ।
क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले आफ्नो चौमासीक प्रतिबेदनमा साविकको पश्चिमाञ्चल क्षेत्रका १६ जिल्लामा पसल, होटल, रेष्टुरेण्ट, मिठाई पसल र खाध्य उद्योगहरु, प्रशोधित पिउने पानी उद्योग, प्याकेजिङ उद्योगहरुमा निरन्तर अनुगमन गर्दै आई रहेको जनाएको छ ।