लुम्बिनीखबर
भैरहवा, ६ जेठ । विवाह पछिको जीवन सबैले सुन्दर र सुखमय होस् भनेर चाहन्छन् त्यसमा पनि महिलाहरुले धेरै सपना देखेका हुन्छन् ।

आउँदा समय परिवार सँग रमाईलो गरी बिताउन अनेकाँै सपना बुनेका हुन्छन् तर विवाह भएको दुई वर्ष नपुग्दै जीवन जिउने सपना भताभुङ्ग भएपछि अहिले एक युवती न्यायको खोजीमा भौतारिएकी छिन् ।
फेसबुकबाट परिचय पछि प्रेम सम्बन्ध पछि विवाह गरेका काठमाडांै महानगरपालिका २ बुढानिलकण्ठ निवासी सुनिता काफ्ले सिद्धार्थनगर नगरपालिका ६ पिपरैया निवासी समिर हुसेन मुसलमानले श्रीमती सुनिता लाई विवाहको २ वर्ष नबित्दै आपmुले नचिन्ने महिला भएको भन्दै सम्बन्ध बाट टाढिन खोजेपछि सुनिता अहिले न्यायको खोजीमा कहिले काठमाडांै त कहिले भैरहवा धाइरहेकी छिन् । सुनिताको जीवन त लुटियो, दुख गरेर सिंगापुरमा कमाएको एक करोड रुपैयाँ समेत गुमेको पीडामा छिन् ।
आफूलाई न्याय दिलाउन सहयोग गर्न आग्रह गर्दै शनिबार लुम्बिनीखबरको कार्यालय आईपुगेकी सुनिता आफूलाई समिरले ठुलो अन्याय गरेको बताईन् ।
उनले दुई वर्ष आफू जागिरको सिलसिलामा सिंगापुर हुँदा समिरले फेसबुकमा अनवेटन समिरको नामबाट पm्रेण्ड रिक्वेष्ट पठाएपछि परिचय भएको र त्यस पछि समिरले निरन्तर म्यासेज र कल गरेर नेपाल आउँदा भेट गर्न आग्रह गरेपछि नेपाल आउँदा भेट भएको बताइन् ।
भेट भएपछि समिरले सुनितासँग विवाहको प्रस्ताव राखेपनि आफूले अस्विकार गरेको बताउँदै सुनिताले समिरलाई साथीको रुपमा मात्र लिएपछि समिरले बारम्बार फेसबुक भिडियो कलमा घाँटीमा चक्कु राखेर आत्महत्या गर्ने धम्की दिए आफ्नो मन पग्लिएपछि काठमाडौंको दक्षिणकाली गएपछि दुई जनाले विवाह गरेको बताईन् ।
विवाह पछि हनिमुन मनाउन नगरकोट, पोखरा मुक्तिनाथ समेत गएको उनले बताईन् । हनिमुनमा मनाएका रमाईला पलहरुको पmोटो देखाउँदै सुनिताले भनिन् “जसलाई आफ्नो ठानेर जीवन दिएँ आज उसैले अहिले मलाई चिन्दिन भन्छ ।” विवाह अगाडि समिरलाई सफ्टवेयर अफिस सञ्चालनका लागि लाखौँ रुपैयाँ दिएको तर पछि फेरी कपडा पसल सञ्चालन गर्न ६० लाख रुपैयाँ दिएको उनले दाबी गरिन् । “श्रीमान् भनेर विश्वास गरेर एक करोड भन्दा बढी रकम दिएँ तर अहिले मलाई लुट्न उसले विवाहको नाटक गरेको रहेछ ।” सुनिता भावुक हँुदै भनिन् “न्यायको लागि भैरहवा आउँदा उनीहरुको परिवार र अन्य मिलेर मलाई कैँची रोपेर मार्ने भन्दै आक्रमण गर्न समेत आए ।”
न्यायका लागि अदालत प्रहरी प्रशासनमा निवेदन दिँदा समेत न्याय पाउन नसकेको बताउँदै सुनिताले दुई वर्षसम्म श्रीमती बनाएर राखेर अहिले आफूलाई चिन्दिन भन्दा आफूलाई न्याय मरेको जस्तो लागेको गुनासो गरिन् ।
काठमाडांै प्रहरीमा समिर विरुद्ध मुद्धा दायर गरेपछि उनीहरु र केही राजनैतिक दलका नेता कार्यकर्ता काठमाण्डौ पुगेर केही रकम दिएर मुद्धा फिर्ता लिन आफूलाई दबाब दिएको बताउँदै सुनिताले त्यो कुरा आफूले नमानेपछि समिर सँगसँगै बस्ने हो भने कागज गरेर अंश नलिने शर्तमा घर भित्राउने दबाब दिए तर मैले मानिन त्यसपछि उनीहरु काठमाडौंबाट भागेर भैरहवा आएको बताईन् ।
समिरले मलाई मात्र होईन धेरै युवतीलाई फसाएको छ, सुनिताले भनिन् । समिरले पmेसबुक म्यासेन्जरमा आफ्ना साथीहरुलाई सुनितालाई लुट्न मात्र साथी बनाएको भन्ने सन्देश म सँग सुरक्षित छ ।
५ महिनाको बीचमा बुबा र दाईको निधन पछि आफू निकै तनावमा रहँदा समेत समिरले आफूलाई निकै मानसिक र शारीरिक यातना दिएको समेत सुनिताले बताइन् । आफूले न्याय नपाउँदासम्म लडिरहने बताउँदै सुनिताले आफ्नो न्यायको लडाईमा साथ दिन सबैलाई आग्रह गरिन् ।