
मोहम्मद अस्लम खाँ
भैरहवा, जेठ १७ । सम्मरीमाई गाउँपालिका मर्चवारमा ११ औँ गणतन्त्र दिवस विशेष कार्यक्रम गरी मनाइएको छ ।
सम्मरीमाई गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले गणतन्त्र र संघीयतालाई संस्थागत गर्दै समग्र मुलुकको विकास निर्माणलाई गति दिनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक थमन वरजालीले मुलुकको विकास निर्माणमा सबैको हातेमालो भए जनताका इच्छा चाहना चाँडै पुरा हुन सक्ने बताए ।
गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बब्लुले गणतन्त्र संस्थागत गर्दै विकास निर्माणलाई अगाडि बढाउनुपर्ने बताए । उनले सबैको साथ, सहयोग भएमा ५ वर्षभित्र सम्मरीमाई गाउँपालिकालाई समृद्ध र नमुना बनाइने दाबी गरे ।
सलाउद्दीन खानको सञ्चालन र जैस मोहम्मद खानको स्वागतमा सम्पन्न कार्यक्रममा सतय नारायण केवट, रमपत केवट, राम रतन कोहार, जैस मोहम्मद खान, अर्जुन प्रसाद पाठक, नेवास अली दर्जी, शेषनाथ यादव लगायतले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।