logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    मुना चियाको अन्तरक्रिया


    २२ जेष्ठ २०७५ , मंगलबार

    मुना चियाको अन्तरक्रिया

    भैरहवा, २२ जेठ। चिया पारखीहरुका लागी चर्चित ब्राण्डको रुपमा परिचित मुना चियाले भैरहवामा शनिवार अन्तक्रिया तथा उपहार प्रदान कार्यक्रम गरेको छ ।


    चिया पारखी तथा व्यापारी तथा स्थानिय बासिन्दाहरुको सहभागीतामा भएको अन्तरक्रियामा चिया पिउदा हुने फाईदा र पकाउने तरिकाको विषयमा जानकारी दिएको थियो ।
    मुना चियाका राष्ट्रिय बजार व्यवस्थापक रिषि अधिकारीले सहभागीहरुलाई मुना चियाको विषयमा जानकारी गराउदै यसको विशेस्ताहरुको समेत व्याख्या गरेका थिए ।
    कार्यक्रममा लक्की ड्र मार्फत उपहार पाउने ग्राहकहरुलाई समेत उपहार प्रदान गरिएको थियो ।
    लम्की ड्र मार्फत रुपन्देहीका भावनन्द बस्यालले दुई ग्राम सुन प्राप्त गरेका छन् । त्यस्तै टेक प्रसाद पौडेल र जोगेन्द्र गुप्ताले १ ग्राम सुन प्राप्त गरेका छन् । कपिल देव, टिपि न्यौपाने, झमेन्द्र प्रसाद बेल्वासे, रुपचन्द्र कान्दु, अमित कुमार गुप्ता, नरेन्द्र प्रसाद न्यौपाने र गौरि शंकर कलवारले प्रतिव्यक्ति १० ग्रामका दरले चाँदी प्राप्त गरेको मंगला इन्टरप्राईजेजको सुचना शाखाले जानाएको छ ।

    हरिषचन्द्र कान्दुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सोमनाथ जैसवाल, मंगला इन्टरप्राईजेजका सञ्चालक हेमन्तराज जोशी लगाएतको सहभागीता रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.