logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    विपन्न बालबालिकालाई पोशाक वितरण


    २६ जेष्ठ २०७५ , शनिबार

    विपन्न बालबालिकालाई पोशाक वितरण

    बुटवल, जेठ  । बुटवल उपमहानगरपालिकाले विद्यालय भर्ना भएका अति विपन्न समुदायका बालबालिकाहरुलाई विद्यालय पोशाक उपलव्ध गराएको छ । नयाँ शैक्षिक सत्र संगै अभियानका रुपमा भर्ना कार्यक्रम चलाएको उपमहानगरले विद्यार्थीहरुलाई विद्यालयमा टिकाउने उद्देश्य स्वरुप पोशाक वितरण गरेको हो ।
    पहिलो चरणमा बुटवलको मैनावगरस्थित मैनावगर आधारभूत विद्यालयमा विपन्न बालबालिकालाई बिहीबार पोशाक वितरण गरिएको छ । उमेर समूहका बालबालिकाहरुलाई पायक पर्ने सामुदायिक विद्यालयमा भर्ना गराउने, उनीहरुलाई सिकाउने र टिकाउने अभियान स्वरुप नै पोशाक वितराण गरिएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताउनुभयो ।
    त्यस विद्यालयका ५९ जना बालबालिकालाई बिहीबार प्रमुख सुवेदीको नेतृत्वमा वितरण गरिएको थियो । अति विपन्न बालबालिकाको पहिचान गरेर ती बालबालिकाहरु अध्यय्न गर्ने विद्यालयमा आवश्यक बजेट उपलव्ध गराउने गरी उपमहानगरले योजना बनाएको थियो । सोही आधारमा मैनावगरको उक्त विद्यालयका बालबालिकालाई ३८ हजार रुपैयाँ बराबरको पोशाक वितरण गरिएको छ ।
    प्रमुख सुवेदीले यसअघि सार्वजनिक अपिल प्रकासित गरी भर्ना अभियानलाई प्रभावकारी बनाउन, भर्ना भएकालाई गुणस्तीर शिक्षा सिकाउन र उनीहरुलाई विद्यालयमा टिकाउने अभियान चलाउन आग्रह गर्नुभएको थियो ।
    प्रमुख सुवेदीले नगरका सबै १९ वटै वडा कार्यालयहरुलाई पत्राचार गर्दै यस्तो अभियानलाई प्रभावकारी बनाउन पनि निर्देशन दिनुभएको हो ।
    वडा कार्यालयहरु, टोल विकास समिति, नागरिक अगुवा र समाजसेवी समेत शिक्षासंग सरोकार राख्ने सबैलाई सहकार्यमा लिएर अभियान प्रभावकारी बनाउन निर्देशन जारी गरिएको उपप्रमुख गुमादेवी आचार्यले बताउनुभयो ।
    ‘भर्ना भएकालाई विद्यालयमा नियमित गर्न एवम् गुणस्तरीय शिक्षाको विकास गर्नका लागि यस्तो अभियान सुरु गरिएको हो’ उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले भन्नुभयो, ‘शिक्षाको विकासका लागि सबै पक्षको सहकार्य जरुरी छ ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.