लुम्बिनीखवर
लुम्बिनी, २ असार । महामानव गौतमबुद्धको जन्मस्थान लुम्बिनीलाई संसारभरी पुराई राख्नका लागी अग्रज पत्रकार चेतन पन्तले बृतचित्र निर्माण गरेका छन् ।

बुद्ध र लुम्बिनीलाई समेटेर बनाईएको बृतचित्रको शनिवार सुभारम्भ भएको छ । जुन नेपाली र अग्रेजी दुवैभाषा राखेर निर्माण गरिएको छ ।
जसको शुभारम्भ गर्दै यु ट्युब च्यानल र सामाजिक सञ्चालमा समेत राखिएको निर्माणकर्ता पन्तले जानकारी दिए ।
लुम्बिनी प्रेस क्लबको सहयोग र स्थानिय सञ्चारकर्मीहरुकको सहकार्यमा निर्माण गरिएको १० मिनेटको यो बृतचित्रले लुम्बिनी बगैचाको ऐतिहासिक र पुरातात्विक महत्वलाई प्रस्तुत गरीएको छ ।
बृत्तचित्रमा लुम्बिनी बाटीका सुन्दर फुलहरु, हरियाली क्षेत्र, जीब, बनस्पतिं लुम्बिनी भित्रका बिहारका दृष्यहरु समेटिएका छन् ।
बृत्तचित्रको बिशेष आकर्षण र महत्व भनेको त्यस भित्र रहेको अत्यन्त आकर्षक र सुन्दर हवाई दृष्यहरु रहेका छन् ।
बृत्तचित्र सार्बजनिक गर्दै अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष एबं लुम्बिनी बिकाश कोषका आध्यात्मिक सल्लाहकार भिक्षु मैत्रेयले सरकार र कोषले गर्नु पर्ने काम ब्यक्तिगत र संचारकर्मिहरुको समुहले गर्न लागेको अभियानलाई प्रशंसा गर्दै लुम्बिनीको बिकाशमा प्रत्येक नेपाली लाग्नु पर्ने उल्लेख गरे ।
सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले लुम्बिनीको बिश्वब्यापी प्रचार र प्रबद्र्धनका लागी बृत्तचित्र थप सहयोगी माध्यमबन्ने जनाए । नेपाल चिन मैत्री समाजका अध्यक्ष नारायण सापकोटाले लुम्बिनीको प्रबद्र्धन र प्रचारमा आज एक संचारकर्मिले बृत्रचित्र मार्फत गरेको प्रयास सह्रायिन रहेको जनाए ।
लुम्बिनी बिकाश कोषका सूचना अधिकृत हरिध्वज राईले बृत्तचित्र लुम्बिनीको बिकाश र प्रबद्र्धनका लागी कोशे ढुंगा हुन सक्ने बताए । बृत्तचित्र निर्माणकर्ता एबं लुम्बिनीको देश बिदेशमा प्रचारक अभियन्ता चेतन पन्तले लुम्बिनी बिकाशको लागी प्रत्येक ब्यक्तीले नीजि स्वार्थ त्यागी काम गर्नु पर्ने बताए । आफुले त्यही भावना अनुरुप बिगत दुई दशक देखि लुम्बिनीको पर्यटन बिकाश का निरन्तर लागी रहेको बताए ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधब ढुंगानाले सबै सञ्चारकर्मि लुम्बिनीको पर्यटन बिकाशका लागी समर्पित हुन आग्रह गरे ।
बृत्तचित्र युट्युब च्यानलमा शेयर गरीएको फेसबुक पेज तथा अन्य सामाजिक सञ्जाल मार्फत पनि हेर्न सकिनेछ ।
लामो समय देखी लुम्बिनीको प्रचारप्रसारमा देश बिदेश पुगेर अभियान सञ्चालन गरेका पन्तले यो बृतचित्र समेत एकल लगानीमा निर्माण गरेका हुन ।

बिश्वका धेरै देशहरु अमेरिका, हङकङ, जापान, थाइल्याण्ड तथा चिनमा र म्यानमार सम्म पुगेर पन्तले फोटो प्रर्दशनी तथा अन्तक्रिया कार्यक्रम गरिसकेका छन् ।
लुम्बिनी बिषयमा लामो समय देखी लागेका पन्तलाई भने लुम्बिनी बिकास कोषले कुनै प्रकारको सहयोग उपलव्ध गराउन सकेको छैन ।
बिकास कोष भित्रका कर्मचारी तथा पदाधिकारी आर्थिक उर्पाजनमा तल्लीन हुदाँ पन्तको एकल पहलले भने बुद्ध धर्म र लुम्बिनीको बिकासमा ठुलो टेवा पुगेको स्थानियहरु समेत बताउछन् ।