पशुपती यादब
धकधई, ७ असार । नेपालमा अध्याधिक माग रहेको सोनालिका ट्राक्टरले रुपन्देहीको धकधईमा आफ्नो शाखा बिस्तार गरेको छ ।
बिहिवार कम्पनीका सर प्रेसिडेन्ट प्रदिप गौडाले शाखाको उद्धघाटन गर्दै किसानहरु लाई सरल र सहजरुपमा ट्राक्टर उपलब्ध गराउनका लागी शाखा बिस्तार गरिएको बताए ।
५५ र ६० हर्सपावर क्षमता रहेका ट्राक्टरहरुको दुई बर्ष वारेन्टी रहेको धकधई शाखाका सञ्चालक पंकज मिश्रले जानकारी दिए ।
२ हजार घण्टा चल्दा सम्म सर्बिसिङ लेवर चार्ज निशुल्क रहेको बताउदै शाखाका सञ्चालक रमेश कानुले सोनालिका ट्राक्टर ५ बर्ष देखी नेपालमा नम्बर १ रहेको जानकारी दिए ।
यो ट्राक्टरको नेपाल भरि ५० वटा शाखा रहेका छन् । बार्षिक १० लाख ट्राक्टर बिक्री हुने गरेको कम्पनीले जानकारी दिएको छ ।
कार्यक्रममा स्थानिय किसानहरु लालु यादब, दुधनाथ बरई, नारद केवट, गंगा बहादुर गुरुङ, बम बहादुर चौधरी , कलावती केवट, श्यामेश चौधरी , धनराज चौधरी, राजकुमार केवट, भगवानलाल वनिया, इश्वर यादव, विनेश बर्मा उपस्थित रहेका थिय ।
शाखा बिस्तार संगै यस क्षेत्रमा रहेका किसानहरुलाई ट्राक्टर किन्नका लागी सहजता थपिने स्थानिय बुद्धिजिविहरुले बताउने गरेका छन् । कृषकहरुका लागी बिशेस सुबिधायुक्त यो ट्राक्टर तराईका जिल्लाहरुका लोकप्रिय रहेको छ ।