logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    ब्ल्याकमेलिङ गर्ने माध्यम फेसबुक


    १३ बैशाख २०७३ , सोमबार

    ब्ल्याकमेलिङ गर्ने माध्यम फेसबुक

    काठमाडौंस् केही दिनअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० मा नुवाकोटकी सम्झना ९नाम परिवर्तन० विलाप गर्दै उजुरी लिएर पुगिन् । एक युवकबाट ‘इमोस्नल ब्ल्याकमेलिङु मा परेपछि उनी उजुरी दिन पुगेकी थिइन्।

    ‘सर म बर्बाद भएँ, मेरो इज्जत बचाइदिनुपर्‍योु भन्दै सम्झनाले प्रहरीसामु हात जोडेपछि ब्युरोले समस्याबारे सुनाउन आग्रह गर्‍यो। सम्झनालाई आफूमलेसियामा रहेको बताउने युवाले फेसबुकमा साथी बन्न सन्देश पठाएका थिए । सम्झना फेसबुकमा साथीमात्रै बनिन्, फोन नम्बरसमेत साटासाट गरिन्।

    फेसबुकमा अश्लील गफदेखि लिएर नग्न फोटोसमेत पठाइन् । दुईतीन महिना फेसबुकमा च्याटदेखि लिएर फोनमा बिहेसम्म गर्ने बाचा गरेकी सम्झनालाई गत चैतमा युवकले नौलो सन्देश पठाए, ‘एउटा उपहार पठाइदिएको छु, रिसिभ गर्नू।ु

    कौतूहलतमा डुबेकी सम्झनाले उपहारबारे बुझ्न खोज्दा दुई लाख रुपैयाँ लाग्ने जानकारी पाएपछि हटिन् । एक सातासम्म दुवैबीच फोनमा र फेसबुकमा कुरा भएन। पछि फोन गरेर ती युवकले ‘मैले तीन लाख रुपैयाँ पर्ने सामान पठाउँदा किन नबुझेको मेरो पैसा फस्ने भयो छिटो बुझु भनेर धम्कीपूर्ण भाषा प्रयोग गरे।

    दुई लाख एकैपटक जुटाउन नसकेपछि सम्झना सामान बुझ्न गइनन्। पुनः फोन गरेर युवकले ‘तिम्रो नग्न फोटो र फेसबुकमा पठाइएका अश्लील सन्देश मसँग सबै सुरक्षित छ । सामान बुझेनौ भने तिम्रा साथीलाई फेसबुकमा पठाएर भाइरल बनाइदिन्छुु भनेर धम्क्याएपछि ती महिला सीआईबीमा पुगेकी हुन्।

    सीआईबीका प्रमुख डीआईजी नवराज सिलवालले सम्झनामाथि परेको यो घटना एउटा उदाहरणमात्रै भएको बताए। उनले थुप्रै महिला यसैगरी ठगिँदै आएको र सीआईबीले चारवटा घटनामाथि अनुसन्धान गरिरहेको जानकारी दिए।

    उनले भने, ‘चिनजान नभएका युवकसँग आफ्ना गोपनीयता खोतल्दा सम्झनाले बेइज्जती मात्रै होइन मानसिक तनाव सहनुपर्‍यो, यो एउटा प्रतिनिधि घटनामात्रै हो। अहिले फेसबुकको दुरुपयोग गरेर अपराध गर्ने क्रम बढ्दो छ।ु डीआईजी सिलवालले मलेसियामा बसेका युवाको सम्बन्धमा अनुसन्धान भइरहेको बताए।

    सीआईबीले नै अनुसन्धान गरिरहेको अर्को घटना रोचक छ। दोलखाकी राधिका ९नाम परिवर्तन० ले काठमाडौंका एक किशोरलाई फेसबुकमा म्यासेज पठाएर साथी बन्न अनुरोध गरिन्। ती किशोरले राम्री युवती देखेपछि साथी बन्न स्वीकार गरे।

    घरपरिवार र बिहेबारीबारे युवतीले सोधेपछि किशोरले सबै बताइदिए। सुरुमा राधिकाले अर्धनग्न तस्बिर फेसबुक म्यासेन्जरमा पठाइदिन् । ती किशोरले पनि आफ्ना नग्न तस्बिर म्यासेन्जरमा पठाइदिए। दुवैबीच फोनमा लामो गफ हुन थाल्यो।

    राधिकाले पाइन्टबाट सुरु गरेर स्कुटरसम्म खरिद गरिदिन आग्रह गरिन्। किशोरले पाइन्ट, सारी आदि कपडा त खरिद गरिदिए तर स्कुटर किन्न पछि हटे। राधिकाले फेसबुमा ती किशोरले पठाएका नग्न तस्बिरदेखि अश्लील च्याट परिवार र अन्य साथीलाई सार्वजनिक गरिदिने धम्की दिइन्। केही सीप नलागेपछि ती किशोर सीआईबी पुगेको जानकारी डीआईजी सिलवालले दिए।

    आर्थिक वर्ष २०७२र०७३ मा फेसबुक दुरुपयोगका १९ वटा उजुरीमाथि सीआईबीले अनुसन्धान गरेको थियो।

    सुरक्षित रहने तरिका
    फेसबुकमा अरूले ट्याग गरेको फोटो ट्याग नगर्ने।
    अनावश्यक रूपमा फोटो अपलोड नगर्न।
    स्टाटसमा आफ्नो मुभमेन्ट एवं लोकेसन ट्याग नगर्ने।
    पासवर्ड समयसमयमा परिवर्तन गर्ने।
    एउटै पासवर्ड अरू इमेल एकाउन्टमा नराख्ने।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.