लुम्बिनीखबर
मर्चवार, १० असार । मर्चवार सामुदायिक विकास केन्द्र र सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ को आयोजनामा १ सय २० जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

मर्चवार सामुदायिक विकास केन्द्रका टिम लिडर अखिलेश्वर शुक्लाको अध्यक्षतामा सम्पन्न कार्यक्रमा वडा अध्यक्ष सत्य नारायण केवट, असुरैना आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जैस मोहम्मद खान, सञ्चारकर्मी असलम खान, सम्मरीमाई गाउँपालिका न्यायिक समितिका सदस्य रामप्रत केवट, ओम प्रकाश कुर्मी रामकेश मौर्य राजमन प्रसाद कुर्मी,महेन्द्र प्रसाद, कपिल केवट लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन मर्चवार सामुदायिक विकास केन्द्रका ज्ञानेश्वर उपाध्यायले गरेका थिए ।