लुम्बिनीखवर
ओमसतिया,१६ असार । समाज रुपान्तरका लागी मिडियाको महत्वपुण भुमिका हुने भन्दै रुपन्देहीको ओमसतिया गाउँपालिकाले युवा लक्षित पत्रकारिता तथा उदघोषण तालिम सम्पन्न गरेको छ ।

लुम्बिनीखवर पत्रिकाको आयोजना एवम् गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा युवायुवतीहरुलाई पत्रकार र मिडियाको विषयमा जानकारी गराईएको गाउँपालिकाको सूचना शाखाले जनाएको छ ।
५ दिन सम्म सञ्चालन भएको तालिममा ५० जना युवायुवतीहरुको सहभागिता रहेको गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ ।
भौतिक विकासका साथै मानिसमा व्यक्तित्व र मानसिक विकास पनि आवश्यक रहेकाले तालिम आयोजना गरिएको गाउँपालिकाका प्रमुख हिरा केवट राहुलले बताएका छन् ।

उनले गाउँपालिकामा युवायुवती लक्षित कार्यक्रम गर्नु आफ्नो मूख्य उद्धेश्य भएकाले युवाहरुलाई आत्मनिर्भर बनाउने अभियानमा गाउँपालिका रहेको बताएका छन् ।
असार १२ गते देखि सञ्चालन भएको पत्रकारिता तालिम १६ गते सम्पन्न भएको छ । तालिममा सहभागीहरुलाई गाउँपालिका प्रमुख राहुलले प्रमाणपत्र प्रदान गरेका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीका सहसचिब कमल रायमाझी, लुम्बिनीखवर पत्रिकाका सम्पादक नरेश के.सी, लुम्बिनी रेडियोकी सरु राना र रुपन्देही एफएमका शंकर पाण्डेले सहभागीलाई तालिम प्रदान गरेको तालिम संयोजक पशुपती यादबले जानकारी दिए ।

गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का वडाअध्यक्ष शिब कुमार धवल तथा वडा नम्बर ३ का वडा अध्यक्ष चन्नर यादव र मुस्लिम मुक्ति मोर्चाका रुपन्देही अध्यक्ष फोटो मुसलमान लगाएतले समापन कार्यक्रममा मन्तव्य राखेका थिए ।
गाउँपालिका प्रमुख राहुलको संरक्षक र सरु रानाको संयोजकमा गाउँपालिका स्तरिय ९ सदस्यीय मिडिया सञ्चार सञ्चाल गठन गरेको छ । जसमा ३ जना पछि थप्ने गरि सिमा खत्री, जितेन्द्र चौधरी, चन्द्रकला साहनी , सुकराम साहनी, क्रिपाशंकर मिश्रा र अङगुरी पाण्डे लाई सदश्य चयन गरेको हो । सबै वडा बाट एक जना नछुट्ने गरि समिती गठन गरिएको छ ।