लुम्बिनीखवर
भैरहवा । यस क्षेत्रमा शिक्षाको महान अभियानका साथ तिब्र रफ्तारमा अगाडी बढेको मुन लाईट आवासिय माबीले भैरहवालाई शैक्षिक हबको रुपमा बिकास गर्नका लागी महत्वपुर्ण योगदान पुराउदै आएको छ ।
बिगत बर्षहरु देखी शैक्षिक गुणस्तरलाई प्राथामिकतामा राखेको यस आवासिय माबीले जिल्लाको उत्कृष्ट बिद्यालयको रुपमा परिचय बनाएको छ ।
गरिब, जेहेन्दार, असाहय तथा शहिद परिवारलाई निशुल्क तथा बिशेस छुटका साथ अध्ययन गर्ने अवसर प्रदान गर्ने यो माबीले शिक्षा क्षेत्रमा खेलेको भुमिकालाई जिल्लाबासीले समेत गर्भका साथ लिने गर्दछन् ।
स्कुलले यस बर्षको एसईई परिक्षामा उत्कृष्ट नतिजा समेत हासिल गरेको छ । बिद्यालय बाट यस बर्ष ८९ बिद्यार्थी परिक्षामा सहभागी भएका थिए । जस मध्ये ३.६ जिपिए भन्दा माथी ४ जना, ३.२ भन्दा माथी २४ जना,२.८ भन्दा माथी २६जना,२.४ भन्दा माथी २३ जना,२ जिपिए ९ जना र १.६ जिपिएमा ३ जना उत्तिर्ण भएका छन । ३.८० जिपिए ल्याएर आकृति ज्ञवाली बिद्यालयमा उकृष्ट भएकी छिन ।

ईतिहास देखी बर्तमान सम्म मुन लाईट
२०४६ सालको प्रजातन्त्रको उदय सगै स्थापना भएको मुन लाईट आवासिय माबी भैरहवामा शिक्षा क्षेत्र लाई अगाडी ल्याउन महत्वपूर्ण भुमिका खेलेको छ । ४० जना बिद्यार्थी बाट स्थापना भएको बिद्यालयमा अहिले १३ सय भन्दा बढी बिद्यार्थी रहेका छन । प्रबिधि सँग बिद्यार्थीलाई जोडनु पर्छ भन्ने उद्धेश्यका साथ अगाडी बढेको मुन लाईटमा खेलकुद र अतिरिक्त क्रियाकलाप लाई समेत प्राथमिकतामा राखेको छ । ज्याभलिड थ्रोमा बिद्यालयका बिद्यार्थी नेपाल प्रथम र क्रिकेट, भलिबल, बास्केटबलमा समेत जिल्लामै पटक पटक प्रथम हुने गरेको प्रिन्सीपल राजेश राज जोशीले बताए । मुन लाईटमा दश जोड दुईमा शिक्षा र ब्यबस्थापन पढाई हुने र यो बर्ष नै बिबिए को पढाई सुरु हुने जोशीले बताए । कलेजमा शिक्षक कर्मचारी गरी ८० जना कार्यरत रहेका छन ।

गुणस्तर शिक्षामा अगाडी मुनलाईट
कृष्ण प्रसाद शर्मा
अध्यक्ष
मुनलाईट आवासिय माबी रुपन्देहीमा गुणस्तर शिक्षा प्रदान गर्ने स्कुलहरु मध्य अग्रपंतीमा रहेको बिद्यालय हो । यस बिद्यालयमा आर्थिक बिपन्न देखी सम्पन्न परिवारको पहुच छ । शिक्षामा आर्थिक कमजोरीका कारण पढाई छोडन् नपरोस भनेर स्कुलले सबैलाई शिक्षाको नारा दिएर आफ्नो अभियानलाइ अगाडी बढाएको छ । स्कुलको अनुभबी तथा शैक्षिक क्षेत्रमा अब्बल शिक्षक, शिक्षिका रहेका छन् । जसका कारण प्रत्येक बर्षको एसईइ परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सकेको छ । कक्षा ११ र १२ मा पनि हामीले गुणस्तरिय शिक्षालाई प्राथामिकतामा राखेर अध्यापन गराएका छौ । रुपन्देहीमा अब्बल मानिएको हाम्रो बिद्यालयलाई शिक्षाको गुणस्तर बिकासमा अगाडी बढाउन बौद्धिक व्यक्तित्वहरुले समेत सहयोग तथा सल्लाह सुझाव दिने गरेका छन् । सबैको सल्लाह सुझावमा अगाडी बढेको स्कुल भएकाले पनि हामी अहिले गुणस्तर शिक्षामा अगाडी रहेका छौ ।

भैरहवा शैक्षिक हब बन्दैछ
राजेश राज जोशी
प्रिन्सिपल
मुन लाईट आवासिय माबी यस क्षेत्रकै उकृष्ट कलेज हो भन्ने कुरामा कसैको दुई मत छैन । हामी गुणस्तरिय शिक्षामा निकै जोड दिने गरेका छौ । देशकै शैक्षिक स्तर बृद्धिमा मुन लाईटको पनि ठुलो योगदान रहेको छ । बिद्यार्थीको अनुशासनमा हामी निकै गम्भिर छौ । कलेजमा कार्यरत कर्मचारीको सँचयकोष को समेत ब्यबस्था गरेका छौ । बिद्यालयको स्रोत साधनले भ्याए सम्म सेवा सुबिधा हामीले दिएका छौ । भैरहवाको शिक्षाको चुनौती भनेकै १० कक्षा उत्तिर्ण गरे पछि अध्ययन का लागी अन्यत्र जाने प्रबृति निकै बढेको छ । यस लाई रोक्नु सबैको दायित्व हो । अब भैरहवाका कलेजमा सबै बिषयको अध्ययन हुन्छ भन्ने कुराको जानकारी गराउनु पर्दछ । अब चाडैनै भैरहवा पनि शैक्षिक हब बन्दैछ भन्ने कुरा अभिवावक लाई जानकारी गराउनु जरुरी छ । एमबिबिएसमा सय प्रतिशत छात्रबृद्धीमा नाम निकाल्ने बिद्यार्थीहरुको सख्या पनि मुनलाईटको दर्जनौको छ । इञ्जिनियर तथा अन्य प्राबिधिक क्षेत्रमा समेत हाम्रा बिद्यार्थीहरु पुगेका छन् ।