logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    महिन्द्राको ई रिक्सा बजारमा


    १ भाद्र २०७५ , शुक्रबार

    महिन्द्राको ई रिक्सा बजारमा

    नरेश के.सी
    भैरहवा, भदौ १ । नेपाली बजारमा भित्रिएका वातावरण मैत्री इरिक्साको भिडमा महेन्द्र कम्पनीका विभिन्न ब्राण्डका रिक्साहरु बजारमा आएको छन् ।महिन्द्र कम्पनीको टु ह्वीलर ई रिक्सा बिहिबार बाट बजारमा आएको छ ।

    बिहिबार भैरहवामा एक बिषेश समारोहका बिच नेपाल भरीका लागी बिक्रि शुभारम्भ गरिएको हो । पाँच नम्बर प्रदेशका बिधायक सन्तोष पाण्डेले उक्त ई रिक्साको बिक्रि शुभारम्भ गरेका हुन् । भैरहवामा महिन्द्रा कम्पनिको आधिकारिक बिक्रेता वारिस अटो मोबाईल्सका रहेको प्रबन्ध निर्दैशक ईरफान वारिसले जानकारी दिए ।

    उक्त अवसरमा महिन्द्र कम्पनिको आधिकारिक बिक्रेता अग्नि मोटोईन्कका प्रत्युस श्रेष्ठले महिन्द्रको ई रिक्सा अन्य ई रिक्सा भन्दा अत्याधुनिक, आरामदायि र आर्कषक रहेको जानकारी दिए ।

    उनले बजार आएको महिन्द्राको ई रिक्सा शुन्य उत्सर्जन, बातावरण मैत्री, आर्कषक एरोडाईनामिक डिजाईन, ठुलो तथा डाईनामिक केबिन, आरामदायी सिट र मजबुत चेसिस भएको बताउदै २ बर्ष वारेन्टी र ब्याट्रीमा ६ महिनाको वारेन्टी तथा ६ महिना सम्म निशुल्क सर्भिसिडको ब्यबस्था रहेको समेत जानकारी दिए । उक्त रिक्सामा एक पटक चार्ज गरे पछि ८५ किलो मिटर सम्म गुडन सक्ने र २५ किलो मिटर प्रतिघण्टाका दरमा कुद्न सक्ने एवं एक हजार वाटको मोटर भएको उक्त सवारीमा ४८ भोल्ट र १ सय २० एएचको ब्याट्री समेत रहेको छ ।

    बजारमा उक्त ई रिक्साको एमआरपी मुल्य ३ लाख २५ हजार रहेको छ ।

    ई रिक्साको शुभारम्भ गर्दै बिधायक सन्तोष पाण्डेले वातावरण मैत्री ई रिक्सालाई सबैको साथ र सहयोग चाहिने बताउँदै प्रदुषणका कारण बातावरण बिगँ्रदै गईरहेको अवस्थामा सबै ठाउँमा वातावरण मैत्री सवारी साधन चाहिने बताए । वारिस अटो मोबाईल्सका प्रबन्ध निर्देशक ईरफान वारिसको अध्यक्षतामा सम्पन्न कार्यक्रको सञ्चालन सञ्जु पौडेलले गरेकी थिइन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.