भैरहवा, ९ भदौ । मारवाडी युवा मंच भैरहवा र बुटवलले अपांगता भएका व्यक्तिहरुलाई कृतिम खुट्टा निशुल्क बितरण गर्ने भएको छ ।

“मानविय सेवा नै धर्म हो ” भन्ने मुल मन्त्रका साथ अगाडी बढेको युवा मंचले अपांगताका कारण दुःख पाएका व्यक्तिहरुलाई कृतिम खुट्टा निशुल्क बितरण गरेर सहयोग गर्ने भएको हो ।
सामाजिक सेवामा सधै सक्रिय युवा मंचले गरिव दुःखी तथा असहायलाई कृतिम खुट्टा निशुल्क बितरण गर्नका लागी युवा मंच भैरहवाका सल्लाहकार अरुण अग्रवाललाई संयोजक तोकेको छ ।
भदौ १६ गते देखी २० गते सम्म नाम दर्ता गर्ने र २३ गते खुट्टाको नाप गर्ने आयोजकले बताएका छन् । जसका लागी मारवाडी सेवा संघ भैरहवाको भवनमा व्यवस्था गरिएको छ ।
कार्यक्रम संयोजक, अरुण अग्रवाल ९८५७०२३४९२ सुनिल जैन ९८०४४४००१० मारवाड़ी युवा मंच ,भैरहवा