अस्लम खान
मर्चवार, ९ भदौ । कोटहीमाई सामुदायिक सिकाई केन्द्रको व्यवस्थापन समितिमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।

सम्मरीमाई गाउँपालिका वडानम्बर ४ मा सञ्चालित सामुदायिक सिकाई केन्द्रमा भएको साधारण सदस्य र आजिवन सदस्यहरुको एक भेलाले रामनयन बरुणको अध्यक्षतामा तिन सदस्य नया समिति चयन गरेको हो ।
जसमा सदस्यहरु रामअचल भर, राकेश पासी र निर्मला हरिजन रहेका छन् । भेला वाट चार जना पदेन सदस्यहरु समेत चयन गरिएको सिकाई केन्द्रको सुचना शाखाले जनाएको छ । जसमा जनता मा.बी बिजगौरीका प्राचार्य राकेश मुराव, सम्मरी माई वडानम्बर ४ का वडा अध्यक्ष दिवाकर प्रसाद दुबे, स्रोत व्यक्ति शालिक राम शर्मा र आशादेबी रैदास रहेका छन् ।
भेलाले गाउसमाजका भद्र तथा समाजसेवी मध्य बाट ३ सदस्य मनोनित गरेको छ । जसमा मैना केवट, श्रीराम यादव र रामआचल लोध रहेका छन् ।