
लुम्बिनीखबर
भैरहवा १५ भदौ
हिन्दु धर्म संरक्षण समिति रुपन्देहीले श्रीकृष्ण जन्माष्टमीको अवसरमा भैरहवामा पहिलो पटक प्रथम धार्मिक महोत्सव गर्ने भएको छ ।
समितिले शुक्रबार भैरहवामा पत्रकार सम्मेलको आयोजना गरी भदौ १७ र १८ गते धार्मिक महोत्सव गर्न लागेको जानकारी दिएको हो । उक्त समितिका अध्यक्ष आनन्द प्रसाद गुप्ताले भदौ १७ गते श्रीकृष्ण जन्मोत्सवका दिन साँझ ६ बजे देखि राती १ बजे सम्म भैरहवाको मिलन चोकमा धार्मिक भजन र्कीतन संगीत, प्रवचन र प्रहशनको आयोजना गरिएको जानकारी दिए ।
समितिका सचिब गोबिन्द राज पाण्डेले १८ गते दिउसो ३ बजे मिलनचोक बाट बाजागाजा सहित हजारौको सँख्यामा हिन्दु धर्मावलम्बी सहभागी भई बिशाल झाँकी र र्यालीले भैरहवाको मुख्य बजार परिक्रमा गरी पुन मिलन चोकमा पुगी धार्मिक सभा गरिने बताए ।
समाजमा बिभिन्न विकृति पmैलाउने मेला महोत्सव भईरहेका समयमा भैरहवामा समाजमा ब्याप्त बिकृति बिरुद्ध धार्मिक महोत्सवले समाजमा सकारात्म सन्देश पmैलिने समितिका सल्लाहकार कुलानन्द ज्ञवालीले बताए । समितिका अर्का सल्लाहकार डि आर शर्माले हिन्दु धर्मले अन्य कुनै धर्मको बिरोध नगर्नै उल्लेख गर्दै सबैको समान अधिकारनै हिन्दु धर्मको आर्दश रहेको बताए ।
यसैबीच महोत्सव सपmल बनाउन ४ वटा उपसमित समेत गठन गरिएको छ । प्रचार प्रसार उपसमितिमा गोबिन्द राज पाण्डे संयोजक, आर्थिक उपसमिति संयोजक कृष्ण प्रसाद भण्डारी, मञ्च ब्यवस्थापन उपसमिति सँयोजक श्रीराम गुप्ता र ¥याली तथा झाकी ब्यवस्थापन उपसमिति संयोजकमा नरेन्द्र रौनियार रहेका छन ।
समितिका अध्यक्ष आनन्द प्रसाद गुप्ताको अध्यक्षता लुम्बिनी प्रेश क्लबका महासचिब नरेश केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सचिव गोविन्द राज पाण्डे, नरेन्द्र रौनियार लगायतले हिन्दु धर्म र धार्मिक महोत्सवका बारेमा बोलेका थिए ।