भैरहवा । भाग्य बाट ठगिएका अपाङहरुले बिताईरहेको कष्टकर जिवन प्रति राज्य बेखवर जस्तै बनिरहेको बेला जुम्लाको कनकसुन्दरी गाउपालिका वडानम्बर ८ पाण्डगुफाले भने अपाङग सिफारिसको नाममा चर्को कर असुलेको छ ।

असहज जिवन र अपाङगताका कारण कष्टकर जिवन बिताईरहेका सोहि गाउँपालिका वडा नम्बर ८ का अपाङग भक्त बहादुर रोकायलाई अपाङग सिफारिस पत्र बनाउन जादा वडापालिका का वडा अध्यक्ष रन्नलाल उपाध्यायले ६ सय रुपैया कर लिएको पिडित रोकायले बताएका छन् ।
डडुवा रोगका कारण काटिएको आफ्नो खुट्टामा कृतिम खुट्टा जोडन पाउने आसमा वडापालिकामा सिफारिस लिन पुगेका उनलाई वडा अध्यक्ष उपाध्यायले कर असुलेका हुन । नेपाली काग्रेस वाट निर्वाचित वडा अध्यक्ष उपाध्यायले ६ सय कर नबुझाउदा सम्म अपाङग सिपारिस गर्न नमानेको भन्दै पिडितले दुःख व्यक्त गरेका छन् ।
उनले आफुलाई भाग्यले त ठग्यौ नै भएन भनेर भोट दिएकै मान्छे पनि ठग्न खोज्छन भन्दै जिन्दगी जिउन कष्टकर भएको बताए ।विपन्न परिवारका रोकायले ३ दिन दिज सम्म वडा पालिकामा जादा सिफारिस नगरेपछि मामा संग रिर्ण काडेर सिफारिस पत्र लिएको बताउछन्। भैरहवा सम्म आउन त पहिले नै गाउका छिमेकीले भाडा जुटाई दिएका थिए सिपारिस पत्र लिन मामा संग सापट खोजे । वडा अध्यक्षले हामी जस्ता दुःखीलाई दुःख दिने भन्दा अरु भेटाउदैनन् ।