कमल रायमाझी
भैरहवा, २५ भदौ । गरिबीका कारण स्वास्थ्य उपचारमा बञ्चित भएकाहरुलाई उपचार खर्च जुटाउनका लागी भैरहवा स्थित रहेको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल रानिगाउँका बिद्यार्थीहरुले आर्थिक संकलनको अभियानलाई निरन्तरता दिएका छन् ।
यहाँ अध्ययन गर्ने बिद्यार्थीहरुले अस्पतालमा आउने बिरामीहरुलाई आर्थिक अभावका कारण उपचारमा बञ्चित हुन नपरोस भन्ने उद्धेश्यका साथ यो अभियानलाई निरन्तरता दिएको बताएका छन् ।

सन् २००२ सालमा डाक्टर पढने बिद्यार्थीहरु बाट सुरु गरिएको यो अभियानले आज १६ बर्षको अवधी पुरा गर्दा सम्म यसले निरन्तरता पाएको छ । जस बाट ४५ सय बिपन्न तथा गरिब र असाहयले ३५ लाख रुपैया सम्मको सहयोग प्राप्त गरेका छन् ।
यसका लागी बिद्यार्थीहरुले करुणा च्यारिटेबल सोसाइटी मार्फत यस्ता कार्यहरुलाई अगाडी बढाएका हुन् । बार्षिक रुपमा कलेजका बिद्यार्थी, कर्मचारी, प्रशासन, विभिन्न संघ सस्था र व्यवसायी प्रतिष्ठानको सहयोगमा यो अभियानले सफलता पाएको कलेजको सुचना शाखाले जनाएको छ ।
बिद्यार्थीहरुले गर्ने बर्षैनीको “करुणा मेला” पनि आर्थिक स्रोत जुटाउने मुख्य भुमिका खेलेको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालको करुणा टिमले जानकारी दिएको छ ।
प्रत्येक बर्ष मेलाको रुपमा गरिने अन्तर मेडिकल कलेज खेलकुद तथा साँस्कुतिक कार्यक्रमले स्थानिय क्षेत्र तथा बिद्यार्थी र कलेज प्रशासनलाई समेत सहयोगका लागी झक्झकाउने काम गरिरहेको देखिन्छ ।
खेलकुद अन्तरगत करुणाले क्रिकेट, फुटबल, भलिबल, बास्केट, स्वीमिङ, टेबल टेनिस, व्याडमिन्टन, मिनि मिलिसिया, भिडियो गेम, क्यारमबोर्ड र चेस जस्ता खेल आयोजना गर्ने गरेको आयोजकले बताएका छन् ।
सांस्कृतिक कार्यक्रमहरुमा नृत्य, गायन, हाजिरी जवाफ, फेसन शो, ड्रामा, अन्ताक्क्षरी, पेन्टिङ, लाइभ कन्सर्ट, मिष्टर एण्ड मिस युसिएमएस र ब्याण्ड लाइभ कार्यक्रमलाई निरन्तरता दिएको कलेजका बिद्यार्थीहरुले बताउछन् ।

सेवाको लागी कार्य
“सेवा नै धर्म ”हो भन्ने मुख्य उद्धेश्य रहेको करुणा च्यारिटेबल सोसाइटी युसिएमएसले गरेको १६ बर्ष सम्मको सेवा, सहयोगले यसक्षेत्रमा रहेका गरिब र असहायलाई ठुलो गुन लगाएको छ ।
डाक्टर पढने बिद्यार्थीहरु मार्फत नै प्रशंसनिय कार्यको सुरुवात गर्नु र यसलृे निरतन्तरता पाउनाले समेत युनिभर्सल साइन्सेस शिक्षण अस्पतालको गरिमा उचो बनाएको छ ।
महामानब गौतम बुद्धको जन्मस्थान लुम्बिनीको प्रबेष द्धारमा रहेको यो अस्पतालले नेपालीहरुलाई मात्र नभएर भारतिय नागरिकहरुको समेत उपचारमा सहयोग पुराएको अस्पतालका प्रसाशन संयोजक तेज के.सी.ले जानकारी दिए ।
प्रदेश नम्बर ५ मा नै ठुलो र सुबिधा सम्पन्न अस्पतालको रुपमा आफ्नो परिचय बनाएको यस कलेजमा बिद्यार्थीहरुले गरेका यस्ता कार्यहरुले समेत आमसमुदायहरुलाई समेत बिस्वास दिलाएको स्थानियहरु बताउछन् ।
करुण फेस्ट २०१८
यो बर्ष पनि कलेजमा पढने बिद्यार्थीहरुले आफ्ना अग्रजहरुले गरेका पुण्य कार्यलाई निरन्तरता दिएका छन् । उनिहरुले भव्य र सभ्य रुपमा १६ वटा उपसमिति गठन गरि करुणा च्यारिटेबल सोसाइटीलाई असहाय बिरामीहरुको अभिभावक बनाएका छन् ।
यसका लागी १३ वटा कलेजका बिद्यार्थीहरुलाई समेत संगै हातेमालो गराएको आयोजकले जनाएका छन् ।

जसमा युनिभर्सल साइन्सेस शिक्षण अस्पताल भैरहवा, नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्ज, लुम्बिनी मेडिकल कलेज पाल्पा, देवदह मेडिकल कलेज रुपन्देही, चितवन मेडिकल कलेज भरतपुर, कलेज अफ मेडिकल साइन्सेस भरतपुर, नेशनल मेडिकल कलेज बिरगञ्ज, गण्डकी मेडिकल कलेज पोखरा, काठमान्डौ मेडिकल कलेज काठमान्डौ, जानकी मेडिकल कलेज जनकपुर, महाराजगञ्ज शिक्षण अस्पताल,नोबेल मेडिकल कलेज बिराटनगर, बिपि कोइराला इन्सिच्युट अफ हेल्थ साइन्स धरान गरि १३ कलेजको भैरहवामा आएर करुण फेस्ट २०१८ लाई सफल बनाउनका लागी सहयोग पुराएको करुणा च्यारिटेबल सोसाइटी करुणा फेस्ट २०१८ का संयोजक अमृत भट्टराईले जानकारी दिए ।
उनिहरुले यस कार्यक्रममा अस्पतालका प्रवन्धक निर्देशक खुमा प्रसाद अर्याल,आइओएमका डिन जनदिश प्रसाद अग्रवाल, कलेजका प्रिन्सिपल आन्नद कुमार, सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना , पत्रकार तथा कलेज परिवारलाई साक्षी राखेर असहायको सहयोगमा हातेमालो गर्न हौस्याएको अस्पतालका प्रबन्धक कमल ढकालले बताएका छन् ।
बिद्यार्थी अमृत भट्टराईको संयोजकमा सरोज पोखरेल, सागर काफ्ले, अमित शाह, पुनम अधिकारी, प्रतिक्षा गैरे, सुरक्षा पाण्डे, सुरबिर पुन, अनिल तिमल्सिना,स्मिता बस्याल र शिब बिक रहेका छन् ।
आगामी दिनमा पनि यस्ता कार्यहरुले सफलता पाउनेमा स्थानियहरु रहेको देखिन्छ ।