logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    इन्धन अपचलन गर्ने पेट्रोल पम्पमा शिलबन्दी


    २७ भाद्र २०७५ , बुधबार

    इन्धन अपचलन गर्ने पेट्रोल पम्पमा शिलबन्दी

    कमल रायमाझी
    भैरहवा, २७ भदौ । सिमाक्षेत्रमा पेट्रोलियम पर्दाथ अपचलनका कारण नेपाली सवारी साधनलाई डिजल र पेट्रोल अभाव भएपछि संयुक्त बजार अनुगमन टोलि रुपन्देहीले छड्के अनुगमन सुरु गरेको छ ।


    बुधवार जिल्लाको ओमसतिया र रोहिणी गाउपालिका अन्तर्गत पर्ने हुलाकी राजमार्गमा रहेका तिन वटा पेट्रोल पम्पमा छड्के निरिक्षण गर्दा पेट्रोलियम पर्दाथ अपचलन गरेको पाइए पछि अनुगमन टोलिले तिन वटा पेट्रोलिय पम्पमा शिलबन्दी गरेको हो ।
    ओमसतिया गाउँपालिका पर्ने सुरज आयल डिष्ट्रिव्युटर्स, रोहिणी गाउँपालिकामा पर्ने जय माँ दुर्गे आयल स्टोर्स धकधई र न्यु एभरेष्ट आयल सप्लायर्समा शिलबन्दी गरेको संयुक्त बजार अनुगमन टोलि रुपन्देहीका संयोजक तथा साहयक प्रमुख जिल्ला अधिकारी नारयण पाण्डेले जानकारी दिनुभएको छ ।


    सिमा क्षेत्रमा पर्ने यी पेट्रोल पम्पहरुले नेपाल आयल निगमले दिएको निर्देशन अबज्ञा गर्दे भारतिय नम्बर प्लेटका मालवाहक ट्रक, बस र कारलाई अनाधिकृत रुपमा पेट्रोल तथा डिजल बिक्री बितरण गरेको पाइए पछि शिलबन्दी गरेको संयुक्त बजार अनुगमन टोलि रुपन्देहीका संयोजक तथा सहायकप्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।


    नेपाली बजारमा पेट्रोलिय पर्दाथ अभाव देखाउदै यी पेट्रोल पम्पहरुले भारतिय बजारमा पेट्रोलिय पर्दाथ अनाधिकृत रुपमा पैठारी गरेको सुचना थाहा पाएपछि नेपाल आयल निगमले कडा निर्देशन दिदै भारतिय नम्बरका मालवाहक ट्रक, बस र कारहरुलाई भारत तर्फ फर्किने बेलामा वढीमा ५० लिटर इन्धन मात्र दिन पाईने सर्कुलर गरेको थियो ।


    आयल निगमको निर्देशनलाई अबज्ञा गर्दै यी पेट्रोल पम्पहरुले भारतिय नम्बरका सवारी साधन तथा बस र ट्रकलाई मागे जतिको इन्धन दिएको अनुगमनका क्रममा अनुगमन टोलिले भेटाए पछि कार्वाही प्रक्रिया अगाडी बढाएको वाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय रुपन्देहीका प्रमुख बेद प्रकास उपाध्यायले बताउनुभयो ।
    नेपाली बजारमा भन्दा भारतिय बजारमा पेट्रोलियम पर्दाथ डिजल र पेट्रोलको मुल्यमा झन्डै २० रुपैया बढी रहेको छ । जसका कारण नेपाल बाट इन्धन भारत तर्फ बिभिन्न माध्याम बाट पैठारी हुदाँ नेपाली बजारमा अभाव देखिएको वाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय रुपन्देहीका प्रमुख उपाध्यायले जानकारी दिनुभयो ।


    अनुगमनका क्रममा टोलिले सुरज आयल डिष्ट्रिव्युटर्समा २ सय लिटर डिजल हाल्दै गरेको युपी १७ एट २३५४ नम्बरको बस र १ सय ५० लिटर डिजल भोर्दै गरेको जिजे १० टियु १२१८ नम्बरको ट्रकलाई भेटाएको थियो । जुन आयल निगमको निर्देशन बिपरित हो । दुबै बस र ट्रक भारत तर्फ जादै गरेका थिए ।


    अनुगमन टोलिले जय माँ दुर्गे आयल स्टोर्स धकधई र न्यु एभरेष्ट आयल सप्लायर्समा समेत भारतिय सवारी साधन, बस र ट्रकले आयल निगमले तोकेका भन्दा बढि इन्धन भोर्दे गर्दा भेटाएको थियो ।
    अनुगमनका क्रममा शिलबन्दी गरिएका पेट्रोल पम्पहरुलाई कडा कार्बाही गरिने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । बजार अनुगमनलाई समेत निरन्तरता दिने संयुक्त बजार अनुगमन टोलिले बताएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.