logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    सहयोगको पर्खाइमा भैरहवा नमुना मा.वि.


    ४ असोज २०७५ , बिहिबार

    सहयोगको पर्खाइमा भैरहवा नमुना मा.वि.

    अरुण ज्ञवाली
    भैरहवा,असोज ४ । अहिले नेपाल राष्ट्र बैंकका गभर्नर हुन् डा. चिरञ्जिवी नेपाल । उनको माध्यमिक स्तरको अध्ययन कहाँ भयो होला ? धेरैलाई लाग्न सक्छ उनको स्थायी घर पाल्पा भएकाले पाल्पा तिरै भयो होला भनेर । तर जन्म पाल्पा भएपनि उनको स्कुले जीवन भैरहवाको मुटुमा रहेको भैरहवा नमुना उच्च मा.वि.मा बित्यो ।

    गभर्नर नेपाल मात्र होइन पटक पटक मन्त्री भएका दिपक बोहरा, निरन्जन थापा, पूर्व मेयर सागर प्रताप राणा, डा. बलराम गौतम, प्राध्यापक डा. शंकर नेपाल, डा. शम्भु गुप्ता, जगदम्बा ग्रुपका अध्यक्ष विष्णु न्यौपाने, सिद्धार्थ ग्रुपका राजेश अग्रवाल, मेडिकल कलेज भैरहवा कार्डियोलेजिष्ट डा. महमुद खाँन लगायतको स्कुले जीवन भैरहवा नमुना मा.वि. मै बित्यो । यही विद्यालयको अध्ययनबाट नै उनीहरु अहिले उच्च ओहदामा पुगेका हुन् । यस्ता उच्च ओहदामा पुगेका सयाँै विद्यार्थी छन् नमुनाका ।

    मुलुकका होनहार विद्वान जन्माउने यो विद्यालय भने अहिले निकै पीडामा छ । रुपन्देही जिल्लाकै दोस्रो पुरानो यो विद्यालय २००९ सालमा भैरहवाका समाजसेवी नथुमल अग्रवालले स्थापना गरेका थिए । निकै आरोह अवरोह पार गरेको जिल्लाकै जेठो विद्यालयले प्राविधिक शिक्षालय पनि सञ्चालन गर्ने उद्धेश्यले निर्माण सुरु गरिएको प्राविधिक शिक्षालय भवन अहिले आर्थिक अभावमा समयमै पूरा हुन सकेको छैन ।

    २०६७ सालमा धनधान्याञ्चल गरेर ७५ लाख संकलन गरी सुरु गरिएको निर्माण कार्य आर्थिक अभाव हुँदा ५ वर्ष सम्म निर्माण कार्य ठप्प भएको थियो । गत वर्ष भएको विद्यालय व्यवस्थापन समितिको साधारण सभापछि नारायण अग्रवाल अध्यक्षमा निर्वाचित भए पछि उनकै पहलमा अहिले निर्माण कार्य सुरु भएको छ ।

    तर निर्माण कार्य पूरा गर्न ठूलो रकमको आवश्यकता पर्ने देखिएको छ । महायज्ञमा विद्यालयलाई सहयोग गर्न कबुल गरेका कतिपय व्यक्तिले कबुल गरे अनुसार रकम नदिँदा निर्माण कार्यमा समस्या आएको छ । कबुल गरे अनुसार अहिले पनि ९ लाख रुपैयाँ उठ्न बाँकी रहेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण अग्रवालले गत वर्ष आफू अध्यक्ष भए पछि भवन निर्माण कार्य पूरा गर्ने लक्ष्य अनुसार सहयोग जुटाउँदै ठप्प भएको निर्माण कार्य सुरु गरिएको बताए । “पाँच वर्ष अघि म अध्यक्ष हँुदा सुरु भएको निर्माण कार्य अब फेरी अध्यक्ष भएको छु म जसरी पनि पूरा गर्छु ।”अग्रवालले भने “भैरहवामा प्राविधिक शिक्षालयको आवश्यकता छ, यसलाई सबैले सहयोग गर्न खाँचो छ ।” निर्माणाधीन भवन शिक्षालयलाई आवश्यक उपकरण सहित २ करोड ३७ लाख रुपैँया लाग्ने अनुमान गरिएको छ ।

    तीन तले ९ कोठा सहितको उक्त भवनको प्रत्येक तलामा शौचालय समेत रहेको छ । हाल भैरहवा नमुना उच्च मा.वि.मा अहिले विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी, संस्कृति लगायतको विषय अध्ययन हुने विद्यालयका प्राचार्य चुन्न प्रसाद पाण्डेले जानकारी दिए । उच्च शिक्षा अन्तर्गत विज्ञान विषयको अध्ययन निकै उत्कृष्ट रहेको र नतिजा पनि उत्कृष्ट नै आउने गरेको प्राचार्य पाण्डेले बताए ।

     

    भैरहवा हाई स्कुललाई नमुना विद्यालय बनाउँछु

    नारायण अग्रवाल
    अध्यक्ष, विद्यालय व्यवस्थापन समिति, भैरहवा नमुना मा.वि.

    बुबा नथुमल अग्रवाल सँगैसँगै १९९२ सालमा हामी वीरगञ्जबाट भैरहवा आएका हौँ । हामी भैरहवा आए पछि बुबाले १६ हजार ऋण लिएर व्यवसाय सुरु गर्नुभयो । बुबाले पढ्न पाउनु भएको थिएन । भैरहवामा विद्यालय नहुँदा यस क्षेत्रका सबै अध्ययन गर्न भारत जानुपर्ने बाध्यता थियो । यो अवस्था देखेर बुबाले २००९ सालमा भैरहवा माध्यामिक विद्यालयको स्थापना गर्नु भयो । सुरुमा ५ कोठाबाट विद्यालयमा पढाई सुरु भयो । बुबाले स्थापना गरेको विद्यालयमा म पहिलो विद्यार्थीको रुपमा भर्ना भएर पढ्न पाउँदा म आफूलाई निकै भाग्यशाली मान्छु ।

    २०२५ सालमा बुबाले गाडी नकिनेर गाडी किन्ने पैसाले विद्यालयमा कोठा थप्नु भयो । म २०५२ देखि ०६२ सम्म विद्यालयको अध्यक्ष भएँ । अध्यक्ष हुँदा जनसहभागिताको सहयोगमा विद्यालयमा धेरै विकास ग¥याँै । बुबाको प्रयासमा स्थापना भएको यस क्षेत्रकै जेठो विद्यालयलाई अगाडि बढाउन जनसहभागिताको सहयोग पनि उल्लेखनीय छ । निकै दुख कष्ट गरेर विद्यालयलाई यहाँसम्म ल्याएका छौँ । म विद्यालयको अध्यक्ष हुँदा २०५३ सालमा प्लस टु सुरु ग¥याँै । दाई भाउजुको नाममा विद्यालय परिसरमा सरस्वतीको मन्दिर पनि स्थापना ग¥याँै । २०६७ सालमा म पmेरी विद्यालयको अध्यक्ष भए ।

    अध्यक्ष भएपछि यस क्षेत्रमा प्राविधिक शिक्षालयको आश्यकता महशुस गरी विद्यालयमा धनधान्याञ्चल महायज्ञ गरी रकम संकलन गरेर भवन निर्माण सुरु ग¥याँै । एक वर्षको अवधिमा भवनको धेरै काम भयो । म अध्यक्ष नहुँदा ५ वर्ष उक्त भवनको निर्माण कार्य केही हुन सकेन । ०७४ सालमा पmेरी म विद्यालयको अध्यक्ष भएँ । ५ वर्ष पछि विद्यालय जाँदा विद्यालयको अवस्था देखेर मेरो आँखाबाट आँसु आयो ।

    विद्यार्थी पढ्ने कक्षा कोठामा पानी चुहिएर बस्नै नमिल्ने अवस्था थियो । प्राविधिक शिक्षालय भवनको काम पनि अपुरो नै थियो । पहिला विद्यालयको जिर्णाेद्वार गर्नेतपर्m लागेँ । हामी मारवाडी समुदाय मिलेर १६ लाख रुपैँया संकलन गरेर विद्यालयको जिर्णाेद्वार ग¥याँै । त्यसपछि प्राविधिक शिक्षालय निर्माण कार्य अगाडि बढाएका छौँ । यसमा विभिन्न उद्योग र व्यक्तिहरुले ठूलो सहयोग गर्नुभएको छ । यस क्षेत्रका सांसद घनश्याम भुषाल र सन्तोष पाण्डेले पनि सहयोग गर्ने बाचा दिनुभएको छ ।

    यस विद्यालयमा अध्ययन गरेका धेरै विद्यार्थी अहिले पनि उच्च ओहदामा छन् । उनीहरुबाट शिक्षालय निर्माणमा सहयोगको ठूलो आशा राखेका छौँ । मेलै १ वर्ष भित्र भैरहवा नमुना मा.वि.लाई साँच्चिकै यस क्षेत्रकै नमुना विद्यालय बनाउने अठोट लिएको छु । यो मेरो अठोटलाई पूरा गर्न सबै शिक्षाप्रेमीको अठोटको रुपमा लिएर अगाडि बढेमा हाम्रो शिक्षाको अभियान अवश्य पूरा हुने विश्वास लिएको छु ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.