logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    रोहिणीमा न्यायिक समिती सकृय बन्दै


    १३ असोज २०७५ , शनिबार

    रोहिणीमा न्यायिक समिती सकृय बन्दै

    पशुपती यादब
    धकधई, १३ असोज । रोहणी गाउँपालिकाको न्यायिक समितीले स्थानिय स्तरमा हुने समस्याहरुलाई समाधान गर्न तप्परता देखाएको छ ।


    शुक्रवार गाउँपालिकाको वडा नम्बर ३ परासी झुङ्गामा जितराम घर्तीको तिन कठ्ठा तिन धुर कित्ता नम्बर ५३ रहेको जग्गा बासुदेब घर्तीले जबरजस्ती प्रयोग गरेपछि न्यायिक समितीले कार्बाही अगाडी बढाएको रोहिणी गाउँपालिकाका प्रमुख सनोज कुमार यादबले जानकारी दिए ।
    न्यायिक समिती संयोजक उपप्रमुख श्रीकान्ती हरिजनले कसैको जग्गामा अरु कव्जा गर्नु कानुन बिपरित भएको भन्दै स्थानिय जनप्रतिनिधि तथा भद्रभलादमीको रोहवरमा समस्या समाधानका लागी प्रयास गरेको बताईन ।
    न्यायिक समिती सदस्य पुर्शराम गुप्ताले अरुको जग्गा कव्जा गर्ने प्रबृद्धीको अन्त्य गर्नका लागी गाउँपालिकाले पहल गरेको बताए ।
    वडा अध्यक्ष बिर बहादुर क्षेत्री, सचिब खगराज उपाध्याय, रामबचन प्रजापती, बिद्युत कार्यालय धकधईका प्रमखु भिख नारायण चौधरी, स्थानिय भद्रभलादमीको सहभागितामा गरिएको छलफल तथा अनुगमनले कव्जा गरेर आफ्नो मिल सञ्चालनमा ल्याएका बासुदेब घर्तीको मिलमा तालाबन्दी गर्नुका साथै बिद्युतको लाईन समेत काटेको छ ।
    छलफलका लागी गाउँपालिकाको न्यायिक समितीमा आउने निर्देशन गरेको रोहिणी गाउँपालिकाको न्यायिक समितीले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.