logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    लुम्बिनीमा पहिलो पटक त्रिपिटक वाचन


    २० कार्तिक २०७५ , मंगलबार

    लुम्बिनीमा पहिलो पटक त्रिपिटक वाचन

    रुबिना थापा मगर
    भैरहवा, २० कार्तिक । लुम्बिनीको आध्यत्मिक विकासमा टेवा पुर्याउन पहिलो पटक ३ दिने बौद्ध ग्रन्थ त्रिपिटक बाचन समारोह गर्न लागिएको छ ।


    त्रिपिटक बारे धेरै नेपाली अनविज्ञ रहेको र बौद्ध धर्ममा यसको बिशेष महत्व भएका कारण नेपालमै पहिलो पटक बुद्ध जन्मस्थल लुम्बिनीमा त्रिपिटक वाचन गर्न लागिएको हो ।
    त्रिपिटक वाचन कार्तिक २८ गते बिहान ७ बजे देखी मायादेवी मन्दिर पवित्र उद्यान भित्र गरिने आयोजकले बताएकाछन् । समारोह कार्तिक ३० गते सम्म गरिने भएको छ ।
    यसको लागी १८ देशका ७ सय भन्दा बढी बौद्ध भिक्षु, भिक्षुणी, उपासक, उपासिका लुम्बिनी आउने लुम्बिनी बिकास कोषले जानकारी दिएको छ ।
    त्रिपिटक भगवान बुद्धले दिएको ज्ञान र शिक्षाको सार संग्रहित ग्रन्थ भएको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष एवम आयोजक भिक्षु मैत्रीले बताउनुभएको छ ।
    अपि धम्मपिटक, सुत्तपिटक, विनयपिटक गरि त्रिपिटक नामाकरण गरिएको र अपि धम्मपिटक, सुत्तपिटक भगवान बुद्धकै पालामा लेखिएको र विनयपिटक दोश्रो शताब्दी ईशापूर्व सम्राट अशोकको पालामा लेखिएको बौद्ध ग्रन्थ हो ।
    यस पटक लुम्बिनीमा ३ वटै पिटक संगै गौतम बुद्धले आफ्ना पिता राजा शुद्धोधनलाई धर्मदेशना (ज्ञान दिदा )गर्दा सुनाउनु भएको बसन्त जातक सुत्र र शाक्य र कोलिय राज्यहरुका विच युद्ध हुन लाग्दा कपिलवस्तुमै युद्ध समाप्तीका लागी देशना गरेका महासमय सुत्र पनि पाठ गरिने हुनाले यो समारोह लुम्बिनीको आध्यत्मिक दर्शनका लागी अत्यन्त महत्वपूर्ण रहने बताईएको छ ।
    त्रिपिटक पाली, देवनागरी र थाई भाषा आदिमा वाचन गरिने छ । जसलाई सहभागी प्रत्येक देशका भिक्षुहरुले आ– आफ्नो भाषा र शैलीमा पछ्याई वाचन गर्ने छन ।
    लुम्बिनीको आध्यत्मिक विकास र पर्यटकको बसाई अवधि लम्बाउन त्रिपिटक वाचन समारोह महत्वपूर्ण हुने आयोजक संस्थाका स्थानिय सचिव चेतन पन्तले बताउनुभयो ।

    अमेरीकन बुद्धिष्ट एशोसिएसन, अखिल नेपाल भिक्षु महासंघ, थाई बुद्ध विहार लुम्बिनीको संयुक्त आयोजनामा कार्यक्रम हुदैछ । कार्यक्रमका लागी भोजन आवास, यातायात ब्यवस्थापन सम्बन्धि काम अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएका छन् ।
    बिगत १५ बर्ष देखी भारतमा मात्र भैरहेको यो आध्यत्मिक कार्यक्रमले लुम्बिनीको आध्यत्मिक, सांस्कृतिक महत्व अझ बढाउने र पर्यटकहरुको चहल पहलमा थप टेवा पुग्ने विश्ववास गरिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.