logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    विमानस्थल निरीक्षणको चटारो


    २० कार्तिक २०७५ , मंगलबार

    विमानस्थल निरीक्षणको चटारो
    Naresh K.C

    नरेश के.सी.

    दिन पहिले पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निरीक्षण गरे । शनिबार नेकपा अध्यक्ष तथा पुर्व प्रधानमन्त्री प्रचण्डले पाटिका महासचिव विष्णु प्रसाद पौडेल, संघीय सरकार र प्रदेश सरकारका मन्त्री सहितको दलबलसहित विमानस्थल आयोजना कार्यको निरीक्षण गरे ।

    देशका शिर्षस्थ नेताहरुले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निरीक्षण कार्य दिनप्रतिदिन भईरहेको छ । यसरी बारम्बर स्थलगत अवलोकन गर्दा पनि अहिले सम्म विमानस्थलको ५५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।

    साउन भदौ र असोज मसान्त सम्मको ३ महिनाको कार्यप्रगति जम्मा ५ प्रतिशत देखिन्छ । यसरी मासिक १ दशमबल ६६ प्रतिशत काम भईरहेको ठाउमा छ महिनाभित्र ४५ प्रतिशत काम हुन्छ भनेर कसैले पत्याउन्न । तर पनि छ महिनामा काम पुरा गरेर अन्तराष्ट्रिय उडान भर्ने भनी आयोजनाका अधिकारीले दाबी गरिरहेका छन् । आयोजनाका महानिर्देशक सन्जिब गौतम सहितका अधिकारीले अबको छ महिनामा पुरा काम सम्पन्न हुने भनेर पुर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्ड सहितका शिर्षस्थ नेताहरुलाई शनिबार बताईरहदा उनीहरुले पनि पत्याएजस्तो छनक दिएनन् ।

    तथापी प्रचण्डले गुणस्तरीय काम समयमै सम्पन्न नगरे कारबाहि गर्ने भनेर घुमाउरो पाराले कामको ढिला सुस्तीप्रति सचेत गराए ।

    ठेकेदार चिनियां कम्पनी नर्थवेस्ट सिभिल कन्सट्रक्सन ग्रुप लिमिटेड चाइनाले भने समयमै काम सन्पन्न गर्ने प्रतिबद्धता गरेको छ । तथापी यो कम्पनिले नेपाल सरकारलाइ नटेरेको , नेपालको नियम कानुन अनुसार नचलेको पुष्टी विगतमा कम्पनिले देखाएको रबैयाबाट पुस्टी हुन्छ ।

    सन् २०१९ को जुन २८ सम्म निर्माण सम्पन्न गरी गौतमबुद्ध विमानस्थल भैरहवामा उडान भर्ने तयारीका साथ निर्माण कार्य भईरहेको आयोजना समयमै पुरा हुनुपर्दछ ।

    ऋहिले सम्म विमानस्थलजमा धावनमार्गको वेस कोर्षको काम सम्पन्न भएको छ । टर्मिनल विल्डींगको अराईभल पार्ट अन्तिम तल्लाको ढलाई सम्पन्न भएर फीनिसींग हुदैंछ । डिपार्टर पार्टको अन्तिम तल्लाको ढलाई सम्पन्न भएको छ । प्रशासकीय भवन सकिएको छ । कन्ट्रोल टावरको ८ तल्लामध्ये ६ तल्ला सम्म काम सकिएको छ । पार्किं स्थलको काम सम्पन्न भएको छ । नाला, ट्याक्सी वे का काम भईरहेका छन् । लिंक वे का काम भईरहेको छ र मंगलबारदेखी धावनमार्ग (रनवे) पेचिंग) को काम शुरु भएको छ ।

    ४५ प्रतिशत हुन बाकी छ । कुल ६ अरब २२ करोड ५१ लख ३० हजार २ सय २७ रुपैयां ९१ पैसा लागतमा निमांण सम्पन्न गरी चिनीया सरकारी कम्पनी नर्थ वेस्टले ठेक्का पाएको हो । अहिले सम्म ५५ प्रतिशत काम सम्पन्न गरिरहदा ठेकेदार पक्षले ३५ प्रतिशत रकम लगिसकको छ ।

    अन्तर्राष्ट्रिय नागरीक उड्यन प्राधिकरण आईकाउको कोड फोर ई का अनुसार ३ हजार मिटर धावनमार्ग भएको बिमानस्थलमा बोईंग ७७७ सम्मका जहाजहरु अर्थात चौडाई ५२ मिटर देखि ६४.९९ मिटर सम्म रहेका जहाजहरुले उडान र अबतरण गर्नेगरी निर्माण भईरहेको विमानस्थल समयमै सम्पन्न गराउन सबैले दबाब दिनुपर्दछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.