logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    हाच्छिउँ किन रोक्नु हुँँदैन ? यस्ता छन् हाच्छिउँ सम्बन्धी ७ रोचक तथ्य


    २ मंसिर २०७५ , आइतबार

    हाच्छिउँ किन रोक्नु हुँँदैन ? यस्ता छन् हाच्छिउँ सम्बन्धी ७ रोचक तथ्य

    हाच्छिउँ रोक्ने प्रयास तपाईंको लागि प्राणघातक हुन सक्छ भनेर कहिल्यै सोच्नुभएको छ ?डाक्टरहरुका अनुसार, हाच्छिउँ आउँदा यसलाई रोक्न यदि तपाईंले नाक र मुख बन्द गर्नुभयो भने गम्भीर चोट लाग्न सक्छ ।
    इंग्ल्यान्डको लेस्टर शहरमा ३४ वर्षीय एक व्यक्तिको उपचारको क्रममा के पत्ता लाग्यो भने, हाच्छिउँ रोक्ने कोसिसका कारण उसको घाँटीका कोशिकाहरु फाटेका थिए ।
    साइन्स जर्नल बिएमजे केस रिपोर्टमा डाक्टरहरुले बताएका छन जब हाच्छिउँ रोक्ने कोसिस गरिन्छ, यसबाट तपाईंको कानमा असर पर्न सक्छ । यसका साथै मस्तिष्कको नसा फाट्न पनि सक्छ ।
    ३४ वर्षीय पीडितले आफूले हाच्छिउँ रोकेपछि गर्धनमा केही समस्या देखिएको बताएका छन् । त्यस लगत्तै गर्धनमा निकै पीडा महसुस भयो । खानेकुरा निल्न समस्या हुन थाल्यो र बोल्न समेत गाह्रो भइरहेको थियो । जब डाक्टरहरुले उनको परीक्षण गरे, उनको गर्धनको भाग सुन्निएको पत्ता लाग्यो ।
    क्षतिबाट बच्न के गर्ने ?
    ती युवकको एक्सरे गर्दा हाच्छिउँ रोक्ने कोसिसको क्रममा दबावका कारण श्वासनलीका कोशिकाहरु फाटेको देखियो ।
    घाँटीमा सुधार नआउन्जेल ती व्यक्तिले एक सातासम्म नलीको सहयोगबाट खाना खानुपर्योन । अस्पतालमा एक हप्ता बसेर पूर्णरुपमा निको भएपछि उनलाई घर पठाइयो ।
    उनको उपचार भएको ठाउँ लेस्टर रोयल इन्फर्मरीको नाक, कान, घाँटी विभागका डाक्टरले बताए, ’नाक र मुख बन्द गरेर हाच्छिउँ गर्नु खतरनाक हुन सक्छ र यसबाट बच्नु जरुरी छ ।’
    विशेषज्ञहरुले बताए अनुसार हाच्छिउँबाट रोगहरु फैलिन सक्छ, तर कुनै किसिमको क्षतिबाट बच्न निर्धक्क हाच्छिउँ गर्नु राम्रो हुन्छ ।

    सर्वत्र फ्लु फैलिएको बेला पब्लिक हेल्थ इंग्ल्यान्डले खोक्दा वा हाच्छिउँ गर्दा सबैले रूमाल वा कपडाले मुख ढाक्नुपर्छ भनेर प्रोत्साहित गरिएको थियो।
    हाच्छिउँ सम्बन्धी ७ रोचक तथ्य
    १. हाच्छिउँ गर्दा निस्कने वायु, पानी तथा धुलोका कणका गति १६० किलोमिटर प्रतिघन्टासम्म पुग्न सक्छ ।
    २. हाच्छिउँ गर्दा निस्कने किटाणुहरु ९ मिटर अर्धव्यासको क्षेत्रसम्म फैलन सक्छ ।
    ३. हाच्छिउँ गर्दा शरीरको सिस्टम रिस्टार्ट हुन्छ र शरीरमा पुनस्फुर्ति ल्याँउछ ।
    ४. धुवा, धुलो, चिसो एलर्जी बाहेक सूर्यको किरण पनि हाच्छिउँको कारण बन्न सक्छ। करीब चार मध्ये एक जनामा यो प्रभाव देखिन्छ ।
    ५. नाक भित्र रहेका खराब पदार्थ एकै पटक बाहिर ननिस्कने हुँदा हाच्छिउँ दुई तीन पटकसम्म लगातार आउन सक्छ ।
    ६.हाच्छिउँ गर्दा हाम्रो आँखा आफै बन्द हुने गर्छ ।
    ७. हाच्छिउँ गर्दा मुटुको धडकनको गति पूर्ण रुपले बन्द त हुँदैन तर घट्छ । swasthyakhabar patrikabata .

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.