कमल रायमाझी
भैरहवा, कार्तिक (रासस) ः मालपोत कार्यालय भैरहवाले आज देखी अनलाईन बाट सेवाग्राहीलाई सेवा प्रदान गर्न सुरु गरेको छ ।

बुधबार एक कार्यक्रमको आयोजना गरि मालपोत कार्यालयले अनलाईन सेवाबाट आफ्ना कामहरु सुरु गरेको जानकारी दिएको हो ।
भुमि व्यवस्था तथा अभिलेख बिभागका महानिर्देशक मुक्ती प्रसाद आर्चायले मालपोत कार्यालय भैरहवाको अनलाइन सेवाको सुभारम्भ गर्दै सरकारले लिएको रणनीति अनुसार अगाडी बढेको बताउनुभयो ।
राजस्व तथा सेवा प्रवाह र अभिलेखको सुरक्षा गर्नका लागी मालपोत कार्यालयले अनलाइन सेवा बिस्तारमा रहेको बताउदै महानिर्देशक आर्चायले अबका केहि बर्षमा नेपालका सबै मालपोत डिजिटल सेवामा प्रबेष गर्ने जानकारी दिनुभयो ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले समयको माग अनुसार जनसरोकारका कार्यालयहरु परिमार्जित हुनुपर्ने भन्दै मालपोत कार्यालय भैरहवाले सुरु गरेको अनलाइन सेवालाई नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।
भैरहवा मालपोत कार्यालयका प्रमुख शिब प्रसाद रेग्मीले जनतालाई छिटो र सरलरुपमा सेवा दिन आफु र आफ्नो टोलि तयार भएको बताउदै सबैमा सहयोगको अपेक्षा रहेको बताउनुभयो ।
बिभिन्न मालपोत कार्यालयका प्रमुखहरु तथा कर्मचारी, कानुन व्यवसायी, लेखनदान र सञ्चारकर्मीहरुको उपस्थितका कार्यक्रम सम्पन्न सुभारम्भ भएको थियो ।
बताउदै कर्मचारीहरुलाई इमान्दार भएर काम गर्न निर्देशन दिनुभयो ।