लुम्बिनीखबर
बुटवल, मंसिर । ईन्ट्रयाक्ट कलव अफ दीप बोर्डिङ हाई स्कूलका विद्यार्थीहरुले तिलोत्तमा १५ स्थित नेपाल अविनाश अनाथ आश्रममा आश्रित बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेका छन् ।

विश्व बाल अधिकार दिवशको अवसरमा आश्रममा रहेका १५ जना बाल बालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको क्लवका संयोजक दिनेश खड्काले जानकारी दिए ।
ईन्ट्रयाक्ट कलवकी अध्यक्ष युनिसा भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा दीपबोर्डिङ हाई स्कूलका सह प्राचार्य सुरेन्द्र कुमार शाक्यले विद्यार्थीहरुले आफ्नो खाजाखर्चलाई बचाएर आश्रममा रहेकाबालबालिकालाई सहयोग गर्नु स्रहानियकार्य भएको बताए । रोटरी क्लवअफ बुटवलका सचिव दया भण्डारीले सबैको सामूहिक सहयोगबाट अभिभावकविहिनबालबालिकाहरुको जीवनस्त्तर माथि उठाउन सकिने बताए ।
आश्रमका सञ्चालक कृष्ण ज्ञवालीले आश्रित बालबालिकाहरुको शैक्षिक अवस्था माथि उकास्न र जीवनप्रति सकारात्मक सोच विकासकालागि सबैको सहयोग रहेको भन्दै सहयोग काकार्यक्रम ल्याउन आग्रह गरे ।