logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    मिस वल्र्डको प्रतिस्पर्धाको भोटिङमा नेपाली श्रृंखला धेरै अगाडि


    ७ मंसिर २०७५ , शुक्रबार

    मिस वल्र्डको प्रतिस्पर्धाको भोटिङमा नेपाली श्रृंखला धेरै अगाडि

    ‘मिस वल्र्ड २०१८’ मा नेपालको प्रतिनिधित्व गर्ने ‘मिस नेपाल २०१८’ की शृंखला खतिवडाले उपाधि जित्नसक्ने सम्भावना देखाएकी छन् । चीनको सान्या सहरमा जारी १ सय २१ देशका सुन्दरी सहभागी प्रतियोगितामा उनी उत्कृष्ट ३० मा छनोट हुँदै अन्तिम चरणमा प्रवेश गर्न सफल भएकी हुन् ।


    उनी भोटिङमा अरु प्रतियोगी भन्दा निकै अगाडि देखिएकी छन् । समाचार तयार पार्दासम्म उनी २९.५५ प्रतिशत भोट प्राप्त गर्दै सबैभन्दा अगाडि देखिएकी हुन् । भोटिङमा उनको प्रतिद्धन्दीको रुपमा फिलिपिन्सकी क्याटरिना रोद्रिकेज र तेस्रो स्थानमा फ्रान्सकी मेभा कोके देखिएका छन् । यी दुबैकोले क्रमश ८.६४ प्रतिशत र ७.४२ प्रतिशत भोट प्राप्त गरेका छन् ।
    मिस वल्र्डका लागि खुला गरिएको भोटका आधारमा उनी पहिलो नम्बरमा छिन् । मिस वल्र्डमा भाग लिन शृंखला नौ दिनअघि चीन गएकी हुन् । पेसाले इन्जिनियर २२ वर्षे शृंखला एसियाबाट सबैभन्दा प्रभावशाली सावित भएकी छन् । काउन्ट डाउन सुरु भइसकेको मिस वल्र्डको अन्तिम प्रतिस्र्पधा डिसेम्बर ८ मा चीनको सान्या सहरमा हुँदैछ ।  ratopati bata.

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.