नरेश के.सी.
छपिया, मंसिर । यहांका एक जना कृषकले २० करोडको लागतमा फीस रिर्सोट सन्चालन गरेका छन् ।
सियारी ४ छपीया शिवपुरका ४८ वर्षिय गौरब गौतमले छपीया फीस भिलेजको नाममा उक्त रिर्सोट सन्चालन गरेका हुन् । रिर्सोटमा माछाका विभिन्न परिकारहरु पाइन्छ ।

एक वर्षदेखी सन्चालित उक्त रिर्सोटमा भैरहवा, बुटवल, नवलपरासी, कपिलवस्तु, पाल्पा , काठमाण्डौं सम्मका माछाका पारखीहरु आउने गरेको सन्चालक गौतमले जानकारी दिए ।
माछा पोखरीको विच भाग सम्म बांसको पुलबाट सेल्फी खिच्नेको भीड र पोखरीमा जीउंदा माछाहरु हेर्दै फीस ग्रेबी, फीस मोमो, फीस झोल खानेहरुको भीड साच्चिकै हेर्न लाएकको हुन्छ ।
१६ जनाले प्रत्यक्ष रोजगारी पाएको उक्त रिर्सोटमा कृर्षी विकास बैंकले सहुलियत दरको करिब पौने २ करोड क्रृण सहयोग गरेको छ । व्यस्थीत र राम्रो योजना देखेर बैंकले लगानी बढाउने तयारी गरेको बैंकका क्षेत्रीय निर्देशक मिनराज पोखरेलले जानकारी दिए ।

०४७ सालदेखी माछा पालन शुरु गरेका गौतम ३ वर्ष अगाडी सम्म माछा पालक कृर्षक मात्रैको रुपमा परिचीत थिए । ३ वर्ष अगाडी बर्मा भ्रमणमा गएको बेला माछा पोखरीमाथी बनाइएको कटेजले उनको मन लोभ्यायो । नेपाल फर्केपछि त्यसतै कटेज बनाए । त्यो कटेज, पोखरी हेर्न र माछा किन्न आउनेकोलागी आकर्षक बन्दैं गयो । अनि उनको मनमा व्यवसायीक योजना बन्यो । आफ्नै माछा बाहिर बेच्नुको साथसाथै रिर्सोट बनाए झन राम्रो होला भनेर रिर्सोट सन्चालन गरेको गौतमले बताए ।
गत वर्ष ५५ लाखको माछा विक्री गरेका गौतमले यस वर्ष ७० लाख विक्री गर्ने लक्ष्य लिएका छन् । बजारमा माछाको भाऊ भने त्यति राम्रो नभएको उनको भनाई छ । उनी भन्छन् , ‘बजार भाऊ राम्रो छैन । प्रति के.जी २ सय ५० मात्रै छ । फर्मालिन हालेर ल्याएका भारतीय माछाले नेपाली उत्पादनलाई प्रभाव पारेका छन् । ’ गौतमले २५ कठ्ठाको १ , १३ कठ्ठाको ३ , ५ कठ्ठाको २ र ३ कठ्ठाको १ पोखरीमा माछा पालन गरिरहेका छन् । उनको पोखरीमा स्ट्रिमर पनि सन्चालन हुने गरेको छ ।