अस्लम खान
मर्चवार । भैरहवा नमुना उच्च माध्यामिक बिद्यालयमा कक्षा १० मा अध्ययन गर्ने १५ बर्षकी शान्ता थकालीलाई उपचारका लागी राजपा विद्यार्थी संगठनले आर्थिक सहयोग उपलब्ध गराएको छ ।

भैरहवा बहुमुखी क्याम्पसमा १५ हजार रुपैया आर्थिक संकलन गरि बिरामीका आफन्तलाई उपलव्ध गराएको संगठनका अध्यक्षले लुम्बिनीखवर संगको कुराकानीका जानकारी दिए ।एपेन्डिक्स फुटेर सिकिस्त अवस्थामा पुगेकी बिरामी थकालीलाई आर्थिक अभावका कारण उपचारमा समस्या आएपछि संगठनले आर्थिक संकलन गरि रकम उपलव्ध गराएको हो ।
उनको उपचारका लागी भैरहवा क्षेत्रमा रहेका बिभिन्न समाजसेवीहरुले समेत आर्थिक सहयोग गरेको उनको परिवारिक स्रोतले जानकारी दिएको छ ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ बैंक कलोनी निवासी थकाली उपचारका लागी हाल मेडिकल साईन्सेस शिक्षण अस्पताल भैरहवामा रहेकी छिन् ।