logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    रानिमहल र मायादेवी मन्दिर भैरहवामा


    २० मंसिर २०७५ , बिहिबार

    रानिमहल र मायादेवी मन्दिर भैरहवामा

    लुम्बिनी राष्ट्रिय महोत्सव २०७५ को पुर्व प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने
    नरेश के.सी.भैरहवा, २० मंसिर ।

    भैरहवाको अन्चलपुरको पश्चिपट्टि केही दिन देखी निकै दौंडधुप चलिरहेको छ । सधैं सुनसान हुने उक्त ठाऊमा केहीदिन यता राती सम्म पनि झिलीमिली हुने गर्दछ । खासगरीकन उक्त ठाउमा पाल्पाको रानिमहल दरबार र लुम्बिनीको मायादेवी मन्दिर निर्माणकोलागी एकाध महिनादेखी दौंडधुप चलेको हो ।
    अन्तराष्ट्रिय महत्वका ऐतिहासीक भवनको स्केच उस्तै रंग र उस्तै आकृर्तिमा दुरुस्त निकालेर पटवा टेन्ट हाउसले सबैलाई चकित नै पारेको छ । टेन्ट हाउसका सन्चालक चन्द्रमोहन पटवाले भने , ‘तस्वीर हेरेर आकृति बनाएको हुं । २५ दिन सम्म दैनिक २५ जनाको खटन पटन र मेहनतले रानिमहल र मायादेवी मन्दिर तयार भएका छन् । ’
    बिहीबारदेखी सन्चालन हुने सातौं लुम्बिनी राष्ट्रिय महोत्सव २०७५ (कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेलाको लागी यी ऐतिहासीक सम्पदाको स्केच टेन्ट सामग्री मार्फत बनाइएको हो ।


    पाल्पा कालीगण्डकी छेऊमा रहेको रानिमहल र लुम्बिनीको मुख्य आकर्षणको केन्द्र मायादेवी मन्दिरलाई मेला स्थलमा प्रदर्शनीमा राखिएको छ । पर्यटन प्रबद्र्धनकोलागी यो सबैभन्दा ठूलो मेहनतको प्रतिफल भएको महोत्सव सचिवालय संयोजक नेत्र प्रसाद आचर्यले जनाए । करिब ८ लाखको लागतमा तयार भएका यी दुबै संरचनाले महोत्सव अवलोकन गर्न आउने दर्शकहरुको मन मस्तीस्कलाई कैद गरी एकचोटी लुम्बिनी र एकचोटी पाल्पा रानिमहल पुग्न लालयित बनाउने अपेक्षा गरिएको छ । जसले आन्तरीक पर्यटन प्रबद्र्धनमा ठूलो टेवा दिने महोत्सव आयोजक संस्था उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष समेत रहेका नाट्टा ५ नम्बर प्रदेश अध्यक्ष विष्णु शर्माले बताए ।
    सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही र नेपाल उद्योग वाणिज्य महासंघ काठमाण्डौंको संयुक्त आयोजनामा हुन गईरहेको महोत्सवको समुद्घाटन बिहीबार दिनको १ बजे पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गर्नेगरी तयारी पुरा गरिएको महोत्सव मुल आयोजक समितीका संयोजक कुल प्रसाद न्यौपानेले जनाए ।
    समुद्घाटन समारोह पूर्व बिहान १० बजे देवकोटा चोक भैरहवाबाट समुद्घाटन ¥याली सुरु हुने र सो ¥याली बैंकरोड, नारायणपथ हुँदै मेलास्थलमा पुग्नेछ । रयालीमा फरकता ल्याउन झाकिं, ब्यानरका अतिरीक्त रयाली अफ दि पर्सानिलीटि घोषणा गर्नेगरी कार्यक्रमको तय गरिएको संघका सचिव विजय पाण्डेले जनाए ।
    महोत्सवलाई सफल पार्न १७ सदस्यीय कार्यसम्पादन समिति र ३० सदस्यीय संयोजक समिति गठन गरिएको छ । महोत्सवमा कुल २ सय ७५ स्टल रहनेछन् कृर्षि २५, हस्तकलातर्फ २५, औद्योगिकततर्फ ५५, होजेरी तथा गार्मेन्टतर्फ ६५, अटोमोबाइल्सतर्फ १३, बैंक तथा वित्तीय संस्थातर्फ ५, होटल तथा रेष्टुरेण्ट तर्फ १६, इलेक्ट्रोनिक्सतर्फ ८, खाद्यान्नतर्फ १९, कस्मेटिकतर्फ ४, शैक्षिक परामर्शतर्फ २, फुटवेयरतर्फ ९, स्वास्थ्यतर्फ २ र पर्यटनतर्फ ७ वटा स्टल रहने स्टल व्यवस्थापन समिती संयोजक ठाकुर कुमार श्रेष्ठले जानकारी दिए । महोत्सवमा सिद्धार्थनगर सिटी हस्पिटलको सहयोगमा ज्येष्ठ नागरिकहरुको लागि निःशुल्क मृगौला परीक्षणको व्यवस्था समेत मिलाइएको संघले जनाएको छ ।
    त्यस्तै महोत्सवमा ख्याती प्राप्त पहलमानहरु बीच महिला पुरुष कुस्ती प्रतियोगिता मंसिर २३, २४, २५ र २६ गते हुने आयोजकले जनाएका छन् ।
    महोत्सवको प्रवेशद्वार, मन्च र स्टलका संरचनाहरु पनि अत्यन्तै आकर्षक बनाइएको मन्च व्यवस्थापन समितीका संयोजक प्रीतम रौनियारले जनाए । सिद्धार्थ उद्योग बाणिज्य संघले विगतका बर्षहरुमा सिद्धार्थ रंगसालामा महोत्सव लगाउदैं आएकोमा उक्त रंगसाला क्रिकेट एकाडेमीको रुपमा रुपान्तरण भएपछि व्यक्तिको जग्गा भाडामा लिएर अन्चलपुरमा महोत्सव गर्न थालेको हो । भर्खरै मणिग्राममा सम्पन्न तिलोत्तमा महोत्सव पनि व्यक्तिकै जग्गामा भएको थियो । यसरी उपभोक्ता, उत्पादक र विक्रेताको सिधा सम्पर्क हुने मेला महोत्सव जग्गा अभावको कारण व्यक्तिको जग्गा भाडामा लिएर गर्न बाध्य हुनु बिडम्बना भएको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य महेन्द्र कुमार श्रेष्ठले जनाए ।
    औद्योगिक व्यापारीक महोत्सव विदेशमा राज्यले आयोजना गर्ने र त्यहां उत्पादक र विक्रेताले सहभागीता मात्रै जनाउने गर्दछन् । तर नेपालमा उद्योगी व्यापारीहरुले नै महोत्सव मेला आयोजना गर्दै आएका छन् । भैरहवा मण्डपको सधैं नारा गुन्जिने यस क्षेत्रका मेला महोत्सव अझै सम्म भाडाका जग्गामा लाग्दै आएका छन् । स्थानिय, प्रदेश र संघीय सरकारले यस सम्बन्धमा कुनै पहल गर्न सकेको छैन ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.