logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    महिला हिंसा विरुद्धको अभियानमा सरकार प्रमुख


    २० मंसिर २०७५ , बिहिबार

    महिला हिंसा विरुद्धको अभियानमा सरकार प्रमुख

    असलम खान
    मर्चवार, मंसिर । विश्वभर शक्ति र सत्तामा रहेका व्यक्तिहरुलाइ मिटू अभियानले छोइरहेको बेला समरीमाई गाउपालिकाका प्रमुख जितेन्द्रनाथ शुक्ला (बब्लु) सहित गाउपालिकाका जनप्रतिनिधी तथा कर्मचारहिरु भने महिला हिंसा विरुद्ध अभियानमा सक्रिय भएर जुटेका छन् ।

    महिला हिंसा विरुद्ध उनीहरु खरो रुपमा उत्रीएका हुन् । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत लैगिंक हिंसा र दुव्र्यवहार , छैन हामीलाई स्वीकार भन्ने मुल नाराका साथ गाउपालिकादेखी जिगनहवा चौंकसम्म रयाली गरेको भगवति राउतले जनाईन् ।
    समरीमाईलाई महिला हिंसा मुक्त क्षेत्र बनाउन विभिन्न कार्यक्रमका साथ अगाडी बढ्ने सो अवसरमा गाउपालिकाका प्रमुख शुक्लाले बताएका थिए । उनले भने ‘समरीमाईमा कोही पनि महिला हिंसाको शिकार हुनेछैनन् । ’
    सो अवसरमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत टुकराज पाण्डेले महिलाहरुको क्षमता र दक्षता अभिवृद्धि गर्ने कार्यक्रम चलाईने जनाए ।
    महिला अधिकार कर्मि ज्ञानु पौडेलले ग्रामिण क्षेत्रमा महिला शसक्तिकरणको जरुरी रहेको बताइन् । गाउपालिकाको फरेना, थुम्हवा, करौता, रोहईनीहवा, असुरऐना र बेतकुईया सम्म फैलिएको समरीमाई ग्रामिण क्षेत्र हो । उक्त क्षेत्रमा अहिले पनि दाइजोको कारण धेरै महिलाहरु हिंसाको शिकार भईरहका छन् । महिलाहरुमाथी हुने अन्याय अत्याचार बाहिर नआउदा उनीहरु परिबारबाट दिनदिनै पीडा सहेर बस्न समेत बाध्य भएका छने् । यस्ता अभियानले महिलाहरुको आत्मबल पनि बढाउने विश्वास गरिएको छ ।
    गाउपालिकाको स्वास्थय तथा सरसफाइ सहजकर्ता भगवति राउतको सन्चालन तथा गाउपालिका अध्यक्ष शुक्लाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पुस्पा पाण्डे, शर्मिला कुमारी गौंड, सविता धमाला, दुर्गावति कुर्मि लगायतका महिला अधिकारकर्मि, शिक्षक, राजनैतिक दलका नेताहरुले समेत मन्तब्य राखेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.