पशुपती यादव
भैरहवा, मंसिर । सिद्धार्थ रंगसाला भैरहवामा सम्पन्न साहिमुहिक विद्यालय क्रिकेट कपको उपाधी यो वर्ष धकधई स्थित युनिक होम्स स्कुलले प्राप्त गरेको छ । खेलको फाइनलमा साईग्लोबल कलेजलाई हराउदैं युनिक होमले उक्त उपाधी हात पारेको हो ।

टस जितेर व्याटिङ गरेको साइग्लोबल मा.वि. ले युनिकहोमलाई ७ विकेट गुमाउँदै ५६ रनको तार्गेट दिएको थियो । युनिकहोम स्कुलले १ विगेटको क्षतिमा साइग्लोबललाई पराजित गर्दै जित आफ्नो हातमा पारेको हो । उक्त फाइनल खेलमा युनिकहोमका गौतम यादव म्यान अफ द म्याच घोषित भएका थिए ।
उता सेमिफाइनलका खेलमा लुम्बिनी शिक्षा निकेतन र युनिकहोम बीच भएको थियो । सो खेलमा लुम्बिनी शिक्षा निकेतन ८ विकेटको क्षतिमा युनिकहोम सँग पराजित हुन पुगको थियो । नालन्दा आवासीय माध्यमिक विद्यालय र साइग्लोबल माध्यमिक विद्यालय बीचको खेलमा साइग्लोबलले जित हात पारेको थियो । सो खेलमा टस जितेर व्याटिङ गरेको साइग्लोबलले ६३ रनको तार्गेट दिएको थियो ।
क्रिकेट खेलको उपाधी प्रदान गर्दै प्रमुख अतिथी प्रहरी वरिष्ठ उपरिक्षक राजेश कुमार लाल कर्णले विद्यालय तहका खेलकुदले भविष्यमा राष्ट्रकै लागी ठूलो योगदान दिने बताए । समापन कार्यक्रममा क्रिकेट एशोसिएसन रुपन्देहीका अध्यक्ष प्रसान्त विक्रम मल्ले सामुहिक विद्यालय परिवारले क्रिकेट प्रतियोगितालाई प्राथमिकता दिएको बताउँदै आगामी दिनमा अझ सशक्त ढङ्गबाट अगाडि बढ्नु पर्ने बताए ।
पढाइसँग विद्यार्थीको चौतर्फी ज्ञानकालागि सामुहिक विद्यालय परिवारले विभिन्न खेलको आयोजना गरेको परिवारका अध्यक्ष राजकुमार गुरुङले बताए ।