नरेश के.सी.
भैरहवा, मंसिर २० । निजी क्षेत्रलाई नेपालमा लगानीको गर्ने ढुक्क किसीमको वातवरण सृजना राज्यले गर्न थालेको पुर्व प्रधानमन्त्री पुस्पकमल दाहल प्रचण्डले बताएका छन् ।

बिहीबारदेखी भैरहवामा शुरु भएको सातौं लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटन गर्दै नेकपाका अध्यक्ष समेत रहेका प्रचण्डले भने ‘नेपालमा लगानी गरेपछि नाफा पनि राम्रो आउछ, उत्पादन र रोजगारी सृजनागर्न सक्छु भन्ने व्यवसायीलाई आत्म विश्वास गराउने जिम्मा राज्यको हो । हामी त्यहि काममा जुट्दैछौं । ’
अध्यक्ष प्रचण्डले यहांका व्यवसायी ढुक्क भएपछि मात्रै विदेशी लगानी भित्रीने जनाउदैं उनले विदेशी ठूला ठूला लगानीकर्तासंग आफ्नो छलफल भईरहेको जनाउदैं भने , यहां समस्या छन्, विदेशी लगानीकर्ताहरुको फाइल रोकिएका छन् । जुन घटना मार्मिक छन् । यसैले हामीले केही ऐन संशोधन गर्नुपर्दछ । लगानीको वातवरण भएपछि कर छल्ने प्रवृति पनि हटेर जान्छ । ’
आउने ४ वर्षमा धेरै चिज परिवर्तन गरेर यहि संविधान र यहि संघीय लोकतान्त्रिक गणतान्त्रीक व्यवस्था मार्फत समृद्धि र खुसी ल्याउने प्रचण्डको भनाई थियो ।
उनले राजधानीको विषयमा तत्काल १० वर्षकोलागी अस्थायी जहां छ त्यसैलाई नै कायम राख्ने की भन्ने पार्टि र सरकारको मनसाय भएको बताए । उनले ५ नं प्रदेशको नामाकरणको सम्बन्धमा भने लुम्बिनी नै हुने जिकीर गरे ।
सो अवसरमा नेकपाका स्थायी कमिटी सदस्य तथा सांसद घनश्याम भुसालले कम्युनिस्ट सरकारले दुईतिहाईको अवसरलाइ सदुपयोग गर्नुपर्ने बताए । उनले राजा, कांग्रेस र पन्चायतले अवसर पाउदा पनि कुनै पनि रोजगारी सृजना नगर्दा सिद्धिएको जनाउदैं आफ्नो पाटि नेतृत्वको सरकारलाई पनि सचेतताका साथ काम गर्न आग्रह गरे ।
उनले भने ‘यतिबेला जनताका हरेक छोरा छोरीले सीप अनुसारको काम अर्थात दिन गनेर यो मुलुकमा जन्मेका छोराछोरीले जागिर पाउंछन् भन्ने ग्यारेन्टी पाउनु पर्दछ ।’ छोटो समयमा बनेका कानुनहरु समाजबाद तर्फ उन्मूख भएको उनको तर्क थियो । उनले राजधानी कहां बनाउनेर उत्तेजित गराएर उचाल्ने काम साम्प्रादायीक हो भन्दै राजधानी तोक्ने काम प्रदेश सरकारको भएको बताए ।
सो कार्यक्रममा नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक तथा पुर्वमन्त्री बालकृष्ण खाणले सरकारको काम कारबाहि प्रति तिब्र असन्तुष्टि व्यक्त गरे । उनले भने ‘हिजो राणाहरुसंग बन्दुक थियो, ठूला ठूला शक्ति थियो । हिजो पन्चयातसंग पनि ठूलो शक्ति थियो । हिजो राजा ज्ञानेन्द्रपनि दुईतिहाई थियो तर शक्ति टिकेन, त्यसैले ज्ञानेन्द्रपथको हुंकारले सत्ता चल्दैन । ’
कांग्रेसका प्रभाबशाली नेता खाणले प्रदेश राजधानि कहां राख्ने भन्ने विषयमा ठुला नेताहरु जे पायो त्यो नबोल्न पनि अनुरोध गरे । पुर्ववर्ति सरकारले सहि ठानेको रुपन्देहीलाई स्थायि राजधानी गराए कुनै असन्तुष्टि नहुने उनको जिकीर थियो ।
कार्यक्रममा राप्रपाका बरिष्ठ उपाध्यक्ष तथा पुर्वमन्त्री दिपक बोहराले जनतामा दुईतिहाईको त्रास फैलिएको आरोप लगाए । उनले प्रदेश नम्बर ५ को राजधानी रुपन्देही र नाम लुम्बिनी हुनु नै पर्ने बताए ।
सो अवसरमा नेपाल उद्योग बाणिज्य महासंघका जिल्ला नगर अध्यक्ष किसन श्रेष्ठले अहिलेको अवस्था संवेदनशील रहेको बताए । उनले राज्यले उद्योगी व्यवसायीको पक्षमा अझै धेरै काम गर्नुपर्ने पनि बताए । प्रतिनिधी सभाका सदस्य प्रमोद कुमार यादवले व्यवसायीहरुलाई बैंकहरुले अफ्ठयारोमा पारेको बताए । उनले बैंकहरुले राज्यको संरक्षणमा मनोमानी ढंगले ब्याज बढाएर व्यवसायीलाई हतोत्साहि गराउने गरेको बताए ।
कार्यक्रममा प्रदेश सांसद माधब शर्माले मेला महोत्सवले आर्थिक चलायमानमा भूमिका खेलको बताए । अर्का प्रदेश सांसद सन्तोष पाण्डेले लुम्बिनी नै केन्द्रमा राखेर सरकारले पर्यटन योजना बनाएर अगाडी बढेमा मुलुक समृद्ध हुने बताए ।
सो अवसमार महोत्सव मूल आयोजक संस्था सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपानले राज्यले व्यवसायीका फर्महरु बिलम्ब शुल्क तिरेर नविकरण गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले भैरहवामा मेला महोत्सव गर्न जग्गा अभाव भएकोले सो कार्यमा सहयोग गरिदिन पनि आग्रह गरे ।
संघका महासचिव नेत्र प्रसाद आचर्यको सन्चालनमा सम्पन्न उक्त समारोहमा सिद्धार्थनगरका प्रमुख हरि प्रसाद अधिकारीले नगरलाई औद्योगिक, व्यापारीक र पर्यटकीय नगरको रुपमा विकास गर्नेगरी अगाडी बढीरहेको बताए ।
बिहीबारदेखी सन्चालीतसातौं लुम्बिनी राष्ट्रिय महोत्सव २०७५ (कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेलामा रानिमहल र मायादेवी मन्दिर जस्ता ऐतिहासीक सम्पदाको आकर्षक अस्थायी संरचना टेन्ट सामग्री मार्फत बनाइएकोछ ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही र नेपाल उद्योग वाणिज्य महासंघ काठमाण्डौंको संयुक्त आयोजनामा हुन गईरहेको महोत्सव महोत्सवमा कुल २ सय ७५ स्टल रहनेछन् कृर्षि २५, हस्तकलातर्फ २५, औद्योगिकततर्फ ५५, होजेरी तथा गार्मेन्टतर्फ ६५, अटोमोबाइल्सतर्फ १३, बैंक तथा वित्तीय संस्थातर्फ ५, होटल तथा रेष्टुरेण्ट तर्फ १६, इलेक्ट्रोनिक्सतर्फ ८, खाद्यान्नतर्फ १९, कस्मेटिकतर्फ ४, शैक्षिक परामर्शतर्फ २, फुटवेयरतर्फ ९, स्वास्थ्यतर्फ २ र पर्यटनतर्फ ७ वटा स्टल रहने स्टल व्यवस्थापन समिती संयोजक ठाकुर कुमार श्रेष्ठले जानकारी दिए । महोत्सवमा सिद्धार्थनगर सिटी हस्पिटलको सहयोगमा ज्येष्ठ नागरिकहरुको लागि निःशुल्क मृगौला परीक्षणको व्यवस्था समेत मिलाइएको संघले जनाएको छ ।त्यस्तै महोत्सवमा ख्याती प्राप्त पहलमानहरु बीच महिला पुरुष कुस्ती प्रतियोगिता मंसिर २३, २४, २५ र २६ गते हुने संघका प्रचार संयोजक गोविन्द ज्ञवालीले जनाए ।
भैरहवा, मंसिर । निजी क्षेत्रलाई नेपालमा लगानीको गर्ने ढुक्क किसीमको वातवरण सृजना राज्यले गर्न थालेको पुर्व प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले बताएका छन् ।
बिहीबारदेखी भैरहवामा शुरु भएको सातौं लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटन गर्दै नेकपाका अध्यक्ष समेत रहेका प्रचण्डले भने ‘नेपालमा लगानी गरेपछि नाफा पनि राम्रो आउछ, उत्पादन र रोजगारी सृजनागर्न सक्छु भन्ने व्यवसायीलाई आत्म विश्वास गराउने जिम्मा राज्यको हो । हामी त्यहि काममा जुट्दैछौं । ’
अध्यक्ष प्रचण्डले यहांका व्यवसायी ढुक्क भएपछि मात्रै विदेशी लगानी भित्रीने जनाउदैं उनले विदेशी ठूला ठूला लगानीकर्तासंग आफ्नो छलफल भईरहेको जनाउदैं भने , यहां समस्या छन्, विदेशी लगानीकर्ताहरुको फाइल रोकिएका छन् । जुन घटना मार्मिक छन् । यसैले हामीले केही ऐन संशोधन गर्नुपर्दछ । लगानीको वातवरण भएपछि कर छल्ने प्रवृति पनि हटेर जान्छ । ’
आउने ४ वर्षमा धेरै चिज परिवर्तन गरेर यहि संविधान र यहि संघीय लोकतान्त्रिक गणतान्त्रीक व्यवस्था मार्फत समृद्धि र खुसी ल्याउने प्रचण्डको भनाई थियो ।
उनले राजधानीको विषयमा तत्काल १० वर्षकोलागी अस्थायी जहां छ त्यसैलाई नै कायम राख्ने की भन्ने पार्टि र सरकारको मनसाय भएको बताए । उनले ५ नं प्रदेशको नामाकरणको सम्बन्धमा भने लुम्बिनी नै हुने जिकीर गरे ।
सो अवसरमा नेकपाका स्थायी कमिटी सदस्य तथा सांसद घनश्याम भुसालले कम्युनिस्ट सरकारले दुईतिहाईको अवसरलाइ सदुपयोग गर्नुपर्ने बताए । उनले राजा, कांग्रेस र पन्चायतले अवसर पाउदा पनि कुनै पनि रोजगारी सृजना नगर्दा सिद्धिएको जनाउदैं आफ्नो पाटि नेतृत्वको सरकारलाई पनि सचेतताका साथ काम गर्न आग्रह गरे ।
उनले भने ‘यतिबेला जनताका हरेक छोरा छोरीले सीप अनुसारको काम अर्थात दिन गनेर यो मुलुकमा जन्मेका छोराछोरीले जागिर पाउंछन् भन्ने ग्यारेन्टी पाउनु पर्दछ ।’ छोटो समयमा बनेका कानुनहरु समाजबाद तर्फ उन्मूख भएको उनको तर्क थियो । उनले
राजधानी कहां बनाउनेर उत्तेजित गराएर उचाल्ने काम साम्प्रादायीक हो भन्दै राजधानी तोक्ने काम प्रदेश सरकारको भएको बताए ।