logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    वृज सिमेन्ट ईन्जिनियर संग


    १९ बैशाख २०७३ , आइतबार

    वृज सिमेन्ट ईन्जिनियर संग

    कमल रायमाझी
    भैरहवा,१९ वैशाख । वृज सिमेन्ट उद्योग प्रा.लि. भैरहवाले शनिवार मणिग्रामका ड्रिमल्याण्ड रिसार्टमा इञ्जिनियर तथा निर्माण प्राविधिक संग अन्तरक्रिया गरेको छ ।_RRK2251
    उद्योगले सिमेन्ट उत्पादन देखी निर्माण प्रकृया सम्म पुग्दा गुणस्तरिय र नेपालको नम्वर १ सिमेन्ट, वृज सिमेन्ट भएको जनाउदै राष्ट्रिय गौरवका आयोजनाहरु र मेघा प्रोजेक्टहरुमा प्रयोग गर्न सहभागी ईञ्जिनियर तथा प्राविधिकहरुलाई आवाहन समेत गरेको छ ।
    “सिमेन्ट टेस्ट गर्नुहोस ।प्रयोगमा ल्याउनुहोस ।अनि हामी संग हातेमालो गर्नुहोस ।”भन्ने मुल नारा नै बोकेर उद्योगको वजार शाखाले वृज सिमेन्ट गुणस्तरिय सिमेन्ट भएको भन्दै सहभागीहरुलाई विश्वस्त पार्न खोजेको थियो ।
    महाप्रवन्धक रवि रञ्जन कुमार र प्राविधिक रवि कुमार रौनियारले  अन्तरक्रियमा सहभागी ईञ्जिनियर तथा प्राविधिकहरुलाई वृज सिमेन्टको विषयमा प्रकास पारेका थिए ।
    वृज सिमेन्टका बजार प्रवन्धक नुमेन्द्र पौडेलको अध्यक्षता तथा दिपक क्षेत्रीको सञ्चालनमा  भएको कार्यक्रमको प्रमुख आथिथ्यता प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले गरेका थिए ।
    आज आइतवार समेत उद्योगले निर्माणकर्ताहरु संग अन्तरक्रिया राखेको जनाएको छ ।
    भारतको शान्ता सिमेन्ट संगका सहकार्यमा नेपालको केडिपा अर्गनाइजेशनले यो उद्योग २०५६ सालमा भैरहवाको लुम्बिनी रोड स्थिति गुरुवनियामा सञ्चालनमा ल्याएको हो ।
    करिव १ अर्व लगानीमा सञ्चालिन यो उद्योगमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरि करिव ५३ सयले रोजगार पाएका छन् । नेपालको करिव ६० जिल्लामा यसको उत्पादन पुगको भए पनि माग अनुसारको पुर्ति भने गर्न नसकिएको उद्योगको वजार शाखाल जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.