लुम्बिनीखबर
बुटवल, पौष । तत्कालिन माओबादी जनयुद्धका सुत्रधार प्रचण्डले सत्ताको चाबी समाईरहेको बेला १५ वर्ष अगाडी उनकै सहयात्री नेत्रविक्रम चन्द विप्लप भने देशैभर लालसेना तयार गर्दै हिडेका छन् । कुनैबेलाको असल मित्रता यतिबेला राजनीतिक शत्रुतामा परिवर्तन भएको छ ।

विप्लप नेतृत्वको नेकपाले प्रचण्ड अध्यक्ष रहेको नेकपालाई चुनौति दिदैं समानान्तर सरकार चलाउने अभियानमा जुटेको छ । उक्त पाटिले संगठन विस्तार अभियानलाई अभियान २ को रुपमा अगाडी बढाईएको सो पार्टीका पोलिट्व्यूरो सदस्य तथा लुम्बिनी व्यूरो ईन्चार्ज विरजंगले जानकारी दिए ।
अभियानका क्रममा जनताका घरघरमा पुगी जनतालाई जागरण गराउँदै पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको कार्यक्रम जानकारी तथा जनताका समस्याहरुलाई सम्बोधन गर्दै अभियान संचालन गरिरहेको उक्त पार्टीले जानकारी दिएको छ ।
नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, पाल्पा र पहाडको चुरे क्षेत्रमा पार्टी सदस्यता, नविकरण, सेल कमिटि गठन, जबस मोर्चाहरुको भेला, बैठक, सहिद परिवार भेटघाट तथा जनश्रमदान लगायतका कामहरु अभियानात्मक ढंगले चलेको लुम्विनी व्यूरो सदस्य संगम पुनले बताए ।
स्थानीय तहमा देखिएका व्याप्त भ्रष्टचार, अनियमितता तथा ढिलासूस्तीको खबरदारी गर्दै केही भ्रष्ट, दलालहरुलाई कारबाही समेत गरिएको र आगामी अभियान निरन्तरमा चलाईने सो पार्टीले जनाएको छ ।
यसैबीच अखिल नेपाल जनसास्कृतिक महासंघको क्षितीज सांस्कृतिक परिवारले पार्टीको अभियानलाई साथ दिदैं गाउँ शहरमा कार्यक्रम गरिरहेको छ ।
जनवादी गित सहित नृत्य सहित क्षितीज सांस्कृतिक परिवारले दोस्रो चरणको अभियानमा पनि निरन्तर आफ्नो प्रस्तुती देखाईरहेको हो । दोस्रो चरणको अभियान अन्तर्गत गुल्मी जिल्लामा १० दिन आफ्नो अभियानपछि टोली गत पुस १ गते पाल्पा आईपुगेको छ । गुल्मीको तम्घासबाट मंसीर २१ गतेदेखी सुरु गरेको उक्त सांस्कृतिक टोलिले गुल्मीस्थित पिपलधारा, धुर्कोटको धुर, मालिका गाउँपालिकाको दोर्लिङ्ग, मुसीकोट गाउँपालिकाको पौदीअम्राई, चन्द्रकोट गाउपालिकाको पिपलपाटा, सत्यबतीको खैरेनी र अश्ेवा, ठूलोल्हुम्पेक लगायतका ठाउँहरुमा झण्डै ५ हजारभन्दा धेरै जनताको विचमा आफ्नो अभियान देखाईसकेको गुल्मीबाट सेक्रेटरी खिम खड्काले जानकारी दिए । त्यस्तै गरी टिमले पाल्पा, चुरे क्षेत्र, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची गरी सबै जिल्लाहरुमा नयाँ नयाँ जनवादी गित तथा नृत्यहरु प्रस्तुत गर्ने जनसांस्कृतिक महासंघका व्यूरो संयोजक खोमा तरामु मगरले जानकारी दिए ।