logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    प्रहरीसँग गोली हानाहान हुँदा रूपन्देहीमा एकको मृत्यु


    २९ पौस २०७५ , आइतबार

    प्रहरीसँग गोली हानाहान हुँदा रूपन्देहीमा एकको मृत्यु

    प्रहरीसँग गोली हानाहान हुँदा शनिबार राति रूपन्देहीमा एक जनाको मृत्यु भएको छ ।
    गस्तीमा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीसँग राति १२ बजे सिद्धार्थनगर नगरपालिका १० शंकरपुरमा दोहोरो गोली हानाहान भएको जिल्ला प्रशासन कार्यालय र“पन्देहीले जनाएको छ ।


    प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले गस्तीमा रहेको प्रहरी टोलीले चेकजाँचको लागि रोक्दा मोटरसाइकलमा सवार एक जनाले गोली चलाएको र प्रहरीले पनि प्रतिरक्षाको लागि गोली चलाउँदा एक जनाको ज्यान गएको बताए ।
    भारतीय नम्बर प्लेट यु पी ५३ एच २०२८ को मोटरसाइकलमा आएका उनीहरूलाई चेकजाँचको लागि रोकेपछि मोटरसाइकल पछाडि बसेको व्यक्ति भागेको र चालकले नै प्रहरीमाथि गोली हानेको प्रमुख जिल्ला अधिकारी रानाले जानकारी दिए ।
    अन्दाजी ३०–३५ वर्षका मृतकको शव भीम अस्पताल भैरहवामा राखिएको छ। उनको अहिलेसम्म पहिचान खुल्न सकेको छैन। प्रमुख जिल्ला अधिकारी रानाले मृतकको साथमा कुनै कागजात, मोबाइललगायतका पहिचान खुल्ने कुनैपनि सामान फेला नपरेको र स्थानीयले समेत पहिचान गर्न नसकेकोले भारतीय नागरिक भएको हुन सक्ने सेतोपाटीलाई जानकारी दिए ।
    ‘मृतकको साथमा पहिचान खुल्ने कुनै कागजात वा वस्तु फेला परेको छैन, स्थानीयले पहिचान गर्न नसकेकाले अनुसन्धान भइरहेको छ,’ उनले भने ।
    रातिको समयमा सीमाक्षेत्रमा चोरीतस्करी बढेकाले नियन्त्रणको लागि खटिएको प्रहरी टोलीमाथि गोली प्रहार गर्ने तस्कर समुह भएको प्रमुख जिल्ला अधिकारी रानाले दाबी गरे।
    ‘रातिको समयमा सामान तस्करी गर्दा बाटो क्लियिर गर्न पहिले तस्कर समूह आउने गर्छ शनिवार राति पनि भारतीय सीमा क्षेत्रबाटै आएको समूहले पहिले प्रहरीमाथि गोली प्रहार गरेको हो,’ उनले भने ।
    गोली लागेर जिल्ला प्रहरी कार्यालय रुपन्देहीका जवान कृष्ण श्रेष्ठ घाइते भएका छन् । उनको पाखुरामा गोली लागेको छ । setopatibata

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.