सीता रसाइली, हाल अस्ट्रेलिया ्र
सिड्नीमा करीब १० बर्षदेखि बस्दै आएका साइबर फोरेन्सिकबारे अध्ययनरत युवा तीर्थराज खतिवडाले पत्रकार रविन्द्र मिश्रप्रति प्रश्न यसरी तेर्साइरहेका छन् । पत्रकार रविन्द्र मिश्रप्रति उनको आरोप छ ।
‘भ्रष्टचारीलाई किरा परोस’ भन्दै आम नेपालीमाझ लोकप्रियता कमाउने जब बोल्नुपर्ने बेला तपाईं किन मौन रु भन्दै उनी यसरी लेख्छन्, कनकमणि दिक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घोक्रे ठ्याक लगाएसँगै भ्रष्टचारीहरुको मुटुमा ढ्याङग्रो बजेको प्रस्ट देखिन्छ । एक प्रकारको तरङ्ग उत्पन्न भएको छ । कनकमणि भ्रस्ट हुन या होइनन् त्यो त अनुसन्धान पुरा भएपछि नै थाहा हुने छ ।
लोकमानाले रिस फेर्न कै लागि कनकमणिलाई घोक्रेठ्याकलगायतको पक्कै होइन होला । यो त पेशागत मर्यादाभन्दा बाहिर हुन्छ । अनुसन्धान कुन हदसम्म स्वतन्त्र र निष्पक्ष हुने हो त्यो भने हेर्न बाँकी नै छ ।
अनुसन्धानलाई प्रभावित पार्न निकै तिकडम बाजी भैरहेको सजिलै देख्न सकिन्छ । कनकमणिलाई जोगाउन हाकाहाकी २र४ सय ठुलाठालु नेपाली लागेको देखिन्छ । ठूला भनौदा मिडिया हाउस, सम्पादक, राजनीतिक दल, केहि एनजीओ र आइएनजीओ, वकिल र केहि आसेपासे खुलेरै लागेको देखिन्छ । मालिकको सेवा गर्नु नोकरको दायित्व हो भने नोकर अप्ठ्यारोमा पर्दा मालिकले जोगाउन खोज्नु दुवै चलन चल्तीमा रहेका अभ्यास हुन् । यो कुनै नौलो अभ्यास होइन । सामाजिक संजालमा भेटिएको कनकमणि र रामवरण यादवको एउटा फोटोले विशेष अर्थ राख्ने भएको कारण आज म रविन्द्र मिश्रलाई केहि कुरा सोध्न चाहन्छु । कनकमणि भ्रस्ट हुन या होइनन् रु यो फोटोले कनकमणि जिम्मेवार व्यक्ति होइनन् भनेर केहि हदसम्म पुष्टि भने अवश्य गर्दछ । आइसीयुमा कुनै पनि बिरामी न त किताब पढेर बस्दछ न त समस्यालाई कसरी किनारा लगाउने भनेर छलफल गरेर ।
‘भ्रष्टचारीलाई किरा परोस’ भनेर लोकप्रिय नाराको सृजना गरेर गरिबका छोराछोरीलाई झुट्टो सपना देखाउँदैमा भ्रष्टाचार अन्त्य हुन्छ रविन्द्र जी रु के आइसीयुको परिभासा लेख्न जरुरी छ, रविन्द्र जी रु
विदेशमा लामो समय बसेपछि अब नेपालमा नै केहि गर्दछु भनेर फर्केको तपाइलाई म सन् २००८ देखि मैले फलो गरिरहेको छु । म तपाइको शुभ चिन्तक हुँ । रविन्द्र मिश्रले नेपाल र नेपालीको हितको लागि
चबदष्लमचब mष्कजचबकेहि गर्ने हैसियत राख्दछन् र गरिरहेका छन् भन्ने मेरो व्यक्तिगत बुझाइ छ । मलाई पनि अलि–अलि थाहा छ, तपाइलाईं कसले मन पराउन्दछन् अनि कसले मन पराउँदैनन् भनेर ।
कहिलेकाहिँ तपाईं बडो अचम्मको व्यवहार देखाउनुहुन्छ किन रु यो दिक्षित प्रकरणमा तपाइले देखाएको व्यवहार पनि अलिक अचम्मको होइन र रु दिक्षित प्रकरणमा तपाइको मुख खासै खुलेको छैन किन रु बेला–बेलामा सुपर ग्लुले मुख टाल्नुहुन्छ कि क्या हो रु अनि हात रु कान रु आखा रु दिमाग रु हैट १ तपाईं संसारको आठौं आश्चर्य त होइन नि रु
भ्रष्टाचारको अन्त्य हुनुपर्दछ भनेर अभियानमा लागेको मान्छे दिक्षित प्रकरणमा मौन बस्दा हामी जस्ता फ्लोवरको मन त पक्कै दुख्छ नै । कि तपाइलाईं दिक्षितको बारेमा केहि थाहा छैन रविन्द्र जी रु किन दिक्षितको बारेमा अनुसन्धानात्मक टिप्पणी लेख्न सक्दैन बिबिसीले रु खुम बहादुर खड्का, बाबुराम भट्टराई, रामचन्द्र भट्टराई, मानुषी भट्टराई, प्रचण्डको मात्रै विरोध गर्नु त पूर्वाग्राही भएन र रविन्द्र जी रु
रविन्द्र जी म विजयकुमार पाण्डेलाई पनि यो प्रश्न गर्दथे होला । तर, उनलाई अहिले यो प्रश्न गर्न उचित छैन र हुँदैन होला । विजय पाण्डे अध्यात्मातिर लागिसके । उनका लागि यी कुरा गौण हुन् । सायद बुझ्नुभयो होला म कुन दृष्टिकोणबाट यो कुरा राख्दै छु तपाईलाईं । तपाइलाई मेरो सानो जिज्ञासा छ ।

‘रविन्द्र जी लन्डन बसाई र जीवनको आजसम्मको भोगाइ र अनुभवमा कति अस्पतालको आइसीयु ९इन्टेन्सिभ केयर युनिट० मा बिरामीले किताब पढेर, मस्त भित्तामा ढल्केर गफ गर्नुभएको देख्नु भा छ रु आइसीयुमा को–को र कहिले–कहिले बिरामीलाई भेट्न आउँदछन् रु रविन्द्र जी के तपाईं जत्तिको व्यक्तिलाई आइसीयुको बारेमा कुनै ज्ञान नै छैन् त रु के दिक्षितको यो तस्बिर देख्नुभएको छैन रु कि तपाईं पनि परमार्थी सत्यको खोजितिर लागि सक्नुभयो, अनि दीक्षितको व्यवहार गौण भयो रु यदि परमार्थी सत्यको बाटोतिर लागि सक्नुभएको हो भने शुभकामना दिन चाहन्छु । नत्र आकर्षक नारा लगाएर गरिबका छोराछोरीहरुलाई आकर्षण गर्न छोडिदिनुस । नत्र तपाईंको निन्दक कविताले तपाइलाईं नै पोल्न बेर छैन् ।
ल दिक्षितले विदेशमा काम गरे अरे । आकर्षक तलब थियो अरे । उनले नेपालबाट पुर्खौली सम्पतिले नै विदेशका बैंकमा सेयर किने अरे । अमेरिका स्विजारलयाण्ड, नेदरल्याण्डबाट साउथ एसिया ट्रस्टमा ११,१२,४९,४३५।९६ आयको रकम पनि उनको पसिनाको कमाई हो अरे । तर, त्यो आइसीयुको फोटो नि रु के दिक्षित जत्तिको शिक्षित महासयले पैसा, साथीभाई र शक्तिको प्रदर्शन गरेर आइसीयुको दुरुपयोग गर्न मिल्छ