logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    तरैनी नाका खुलाउन भारतीय दुताबास सक्रिय


    २ फाल्गुन २०७५ , बिहिबार

    तरैनी नाका खुलाउन भारतीय दुताबास सक्रिय

    असलम खान
    मर्चवार, फागुन  । मर्चवारको तरैनी नाकालाई भन्सार नाकाको रुपमा स्थापीत गर्न नेपाल स्थित भारतीय राजदुताबास सकारात्मक देखिएको छ । दुताबासका काउन्सीलर स्टालीन बाबु चिकत्लाले उक्त नाकाको स्थलगत अध्ययनगरी भारतीय पक्षबाट छिट्ट्रै भन्सार बनाउन पहल गर्ने बताए । उनले भने, ‘भारतको सीमापारीको ठोटरी र नेपालको तरैनीलाइ जोडेर छोटी भन्सार बनाउदा मर्चवारको कृर्षी र व्यपारमा मात्रै नभएर दुई देशिय आयत निर्यातमा महत्वपुर्ण उपलब्धी हुने बताए ।


    नाकाको स्थलगत निरीक्षणमा गएका समरीमाई गाउपालिका प्रमुख जितेन्द्र नाथ शुक्लाले मर्चवारको पुर्वाधार विकासका भारत सरकारको सहयोगको अपेक्षा गरेका थिए । उनले भने ‘भारतीय सरकारले नेपालको भौतिक पुर्वाधारमा ठूलो सहयोग गरेको छ । हामीलाई विश्वास छ यहांको स्वास्थ, शिक्षाका भवन निर्माण र बाटो निर्माणमा पनि सहयोग गर्नेछ । ’
    कार्यक्रममा मर्चवारी गाउपालिकाका अध्यक्ष केशब नन्द बानियाले तरैनी नाका लाई सुचारु गरेमा मर्चवारको विकासमा महत्वपुर्ण सहयोग पुग्ने बताए । समरीमाई गाउपालिकाका प्रशासकीय प्रमुख टेकराज भट्टराईले दुईदेशीय आवश्यक्ताका आधारमा छोटी भन्सार सन्चालन भएमा आवतजावतमा पनि सहयोग पुग्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.