असलम खान
मर्चवार, फागनु १२ । आज आईतबारदेखी रोइनिहवामा रुद्र भिषेक महायज्ञ हुदैंछ । विश्वमा शान्ति र सम्पुर्ण देशवासीमा कल्याणको कामना गर्दै सम्मरी माई गाउँ पालिका वडा नं.५ रोइनिहवामा रुद्रभिषेक महायज्ञ हुन गइरहेको हो ।
महायज्ञमा ३२ लाख खर्च हुने अनुमान गरिएको छ । आयोजक अशोक तिवारीका अनुसार फागुन १२ देखी २० गते सम्म चल्ने महायज्ञमा १ करोड २५ लाख शिव पञ्चाक्षर मन्त्रजाप हुने बताइएको छ । उक्त महायज्ञमा ११ पटक रुद्रभिषेक गरिने, १ लाख २५ हजार वेलपत्र अर्पण गर्ने, ११ कुण्टल समाग्रीबाट हवन गरिने र १५१ जना ब्राह्मण लगाउने बताईएको छ । महायज्ञको पहिलो दिन आज जलयात्रा निकालिने र पुर्ण हुतिका दिन सामुहिक सबै जातजाति सहितको भण्डारा आयोजना गरिने आयोजक ले बताएका छन् । सम्मरीमाई ५ रोइनिहवामा रहेको शिव मन्दिर को प्राग्ङणमा हुने महायज्ञ सफल पार्न समरीमाई वडा नं ५ का अध्यक्ष श्रवण यादवले बताए ।
महायज्ञ को दिर्घकालिन लक्ष्यहरुमा वैदिक सनातन पुस्तकालय स्थापना,संग्रहालय स्थापना,४धाम र १२ ज्योतिलिग्ङ को स्थापना तथा आगामी बर्ष देखि गरिब जोडीहरु को समुहिक विवाहको लक्ष्य राखिएको छ। महायज्ञ सबैको हितकोलागी हुन थालेको प्रदेश सभा सदस्य अष्ठभुजा पाठकले बताए । मर्चवार क्षेत्रमा हुन थालेको यज्ञले जनतालाइ फाइदा नै पुग्ने सम्मरी माइ गाउँ पालिका प्रमुख जितेन्द्र नाथ शुक्ला(बब्लु) विश्वास व्यक्त गरे ।