भैरहवा, २० फागुन । बन्दुक बोकेर सधै बाटो गस्ती गर्ने सशस्त्र प्रहरीबलका जवानहरुले गर्ने बनेको चेकजाच तथा सुरक्षार्थका लागी गस्ती हो भन्ने बुझाई लाई सोमवार शिवरात्रीका दिन फरक र सामाजिक कृयाक्लाब गरेको देख्दा भैरहवाका स्थानियहरुलाई अचम्मित बनायो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ गुल्म हे.क्वा (रा.भ.सु.) गुल्म भैरहवाले स्थानिय क्षेत्रका बाटो घाटो, मन्दिर र सरकारी क्याम्पसहरुमा हसिया, कोदालो, सावेल र कुचो बोकेर सरसफाईमा खटेको देख्दा सबैलाई अचम्मित बनाएको हो ।
उनिहरुले स्थानिय सडक छेउछाउ, मन्दिर र क्याम्पस क्षेत्रमा पुगेर सरसफाई गरेका देख्दा सबैलाई उनिहरुको उदारणिय कार्य देखेर खुसी समेत बनाएको छ ।
त्यो मात्र नभएर भैरहवा क्षेत्रमा सबै भन्दा ठुलो त्रिभुवन बिश्वविद्यालयको आंगिक क्याम्पस भैरहवा बहुमुखी क्याम्पसले बनाउन लागेको स्वर्ण महोत्सवलाई सफल पार्नका लागी समेत क्याम्पस हाता भित्र सरसफाई र बगैचा निर्माणमा सहयोग पुराएर निकै सहरानिय कार्य गरेको भैरहवा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अनिल कुमार झाले बताए ।
उनिहरुले भैरहवा क्षेत्रमा सामाजिक काम र सरसफाईमा महत्वपुण कार्य गरेको देख्दा हामीलाई उनिहरु उदारणिय बनेको सामाजिक अभियान्ता प्रख्यात बञ्जाडे समेत बताउछन् ।
प्रहरीले बन्दुक मात्र बोक्ने र गस्ती मात्र गर्ने रहेनछन् भन्दै साहित्यकार लक्ष्मी शर्माले आफ्नो फेसबुकमा सशस्त्रको सरसफाई गरेको फोटो पोष्ट गर्दै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएकी छिन् ।
त्रिभुवन बिश्वबिद्यालयका सहप्रध्यापकहरु बाबुराम काफ्ले र गणेश पाण्डेले समेत सुरक्षाकर्मीहरुको सामाजिक क्षेत्रमा गरेको उत्कृष्ठ कार्यहरुले आम मानिसहरुमा सकारात्मक सोचको बिकास गराएको बताए ।
सोमवार शिवरात्रीको दिन बिहान ६ बजे देखी नै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ गुल्म हे.क्वा (रा.भ.सु.) गुल्म भैरहवाका गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक गोबिन्द खातीको नेतृत्वमा प्रहरी निरिक्षक द्धय सुरज रिजाल र भिमनिधि खनाल संगै ६० जनाको टोलि सार्वजनिक महत्व भएका क्षेत्रको सरसफाईमा खटिएको हो ।