नरेश के.सी
भैरहवा, चैत्र । शुक्रबार रुपन्देही आएका प्रधानमन्त्री के.पी शर्मा ओलिलाई भ्याईनभ्याई भयो । भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा साढे दश बजेको यति एअरलाईन्सको विमानबाट अवतरण गर्नुपुर्व उनलाइ स्वागत गर्न विमानस्थलमा प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेल सहित अधिकांश मन्त्रीहरु, पुर्वमन्त्रीहरु, सांसद तथा स्थानिय सरकारका प्रमुख एव नेकपाका नेताको ताती हेर्न लायकको थियो ।
देशको प्रधानमन्त्रीको सवारी हुदां सुरक्षा संयन्त्रलाई त भ्याईनभ्याई नहुने कुरै भएन । पाटिका शक्तिसाली व्यक्तित्वको रुपमा स्थापीत भईरहेका पुर्व अर्थमन्त्री तथा नेकपाका महासचिब बिष्णु पौडेल, भौतिक योजना तथा निर्माणमन्त्री रघुबिर महासेठ सहित विमानस्थलमा प्रधानमन्त्री ओलि ओर्लिदा विमानस्थलको बाहिर उनलाई स्वागत गर्न नेकपा सम्बद्ध नेता कार्यकर्ता लामबद्ध थिए ।
विमानस्थलको भिभिआइपी कक्षमा आयोजित पत्रकार भेटघाटका क्रममा प्रधानमन्त्री ओली अरु दिन भन्दा भिन्न देखिए । पत्रकारहरुले सोधेको प्रश्नहरुको उनले हासी हासी जवाफ दिए । अन्य नेताहरुले हतारो देखाईरहदा पनि धार्जेपुर्वक पत्रकारहरुसंग विश्व पर्यटनको केन्द्र लुम्बिनी , देशको समसामयीक राजनीति, विकास र समृद्धि तथा सरकारको अभियानको बारेमा कुरा गरेका प्रधानमन्त्री ओलीले गरेका कुरा समयमै पुरा होलान नहोलान तर उनको आत्मविश्वास र सक्रियताले उनी नेपालकै ईतिहांसमा शक्तिशाली प्रधानमन्त्रीको रुपमा स्थापीत हुदैं गएका छन् ।
लुम्बिनी
विश्वसम्पदा सूचिमा सूचिकृत अन्तराष्ट्रिय पर्यटनको मुख्य गन्तब्य लुम्बिनीलाई सबैखाले प्रदुषणबाट मुक्त गर्न प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।
गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवामा पत्रकारहरुसंग संक्षिप्त कुराकानि गर्दै उनले भने , ‘लुम्बिनीमा कुनै पनि प्रदुषण हुनुहुदैंन । चाहे त्यो राजनीतिक होस् वा वातवरणीय । ’
प्रधानमन्त्री ओलिले लुम्बिनी, नेपालको पर्यटनको मुख्य आधार भएको बताउदैं लुम्बिनी भ्रमण बर्ष २०७६ लाई सफल पार्न सबै लाग्नुपर्ने पनि बताए । प्रदेश नं ५ को सरकारले २०७६ साललाई लुम्बिनी भ्रमण बर्ष घोषणा गरेर कार्यक्रम समेत सार्वजनिक गरिसकेको छ । पत्रकारहरुको जिज्ञासाको जवाफमा प्रधानमन्त्रीले करिब डेढ बर्षदेखी लुम्बिनी विकास कोषमा रिक्त रहेको सदस्य सचिवको पदमा छिट्ट्रै योग्य मान्छे नियुक्त हुने समेत बताए । उनले भने , ‘विकास कोषको रिक्त पदाधिकारीमा योग्य मान्छे छिट्टै आउछन् । ’
उनले लुम्बिनीमा विगतमा रोपीएका सीशौं जातका रुख प्रयोग बिहीन भएको बताउदैं लुम्बिनीमा पुतली र माहुरी सहित चराहरुले गुंड लगाएर त्यहि वरीपरि विचरण गराउने खालका विरुवा रोप्नुपर्ने पनि समेत बताए ।
प्रधानमन्त्री ओलीले लुम्बिनी क्षेत्र भित्र हुने सबै खाले प्रदुषण सरकारको लागी अमान्य हुने बताउदैं बायु प्रदुषण, ध्वनी प्रदुषण तथा त्यहा भित्र हुने हरेक किसीमका नराम्रा गतिविधीलाई नियन्त्रण गरिहाल्नुपर्ने पनि बताए । उनले भने , ‘लुम्बिनीमा हुने कुनै पनि प्रदुषण सह्य हुदैंन । ’
लुम्बिनीको प्रदुषण विषयमा जर्मनमा क्रियाशिल नेपाली बैज्ञानिक डा. महेश्वर रुपाखेती सहितका एक दर्जन बैज्ञानिकको टोलीले समेत प्रदुषणले लुम्बिनीको पुरात्वमा ठूलो संकट निम्तिने भन्दै केही महिना पहिले सरकारलाई प्रदुषण रोक्न आग्रह गरेको थियो । डा. रुपाखेतिको अनुसन्धानले काठमाण्डौंको रत्नपार्क भन्दा बढी लुम्बिनी क्षेत्र प्रदुषीत क्षेत्र भएको प्रतिवेदन निकालेको थियो ।
यसैगरी सन् २०१३ मा युनोस्कोको एक टोलीले अशोक स्तम्भ सहितका पुरातत्विक वस्तुहरुको अध्ययन गरेको थियो । त्यसमा धुलोको कण टासिएर जिप्सन, डोलोमाइट, म्याग्नेसाइट नामक केमिकल भेटिएका थिए । युनोस्कोको उक्त प्रतिवेदनले अशोक स्तम्भ खियाउदै लगेको उल्लेख गरेको थियो । बुद्धजन्मस्थल लुम्बिनी रहेको एक मात्रै प्रमाण अशोक स्तम्भ खिइदै गएको चिन्ता पुरातत्वविदहरुले त्यतिबेला नै गरेका थिए ।
उच्च प्रदुषण मानिएको काठमाण्डौंमा भन्दा पनि लुम्बिनीमा प्रदुषण बढ्दै गएको भनेर वातावरणविदहरुले चिन्ता व्यक्त गरिरहदा प्रधानमन्त्री ओलीले प्रदुषणलाइ तत्काल नियन्त्रण गर्ने बताएका हुन् ।
लुम्बिनीमा पछिल्लो समय वातवरणीय प्रदुषण बढेर गएको छ । यहाका विहार तथा गुम्बाहरुमा वैकल्पीक उर्जाको माध्यम जेनेरेटरहरुले बायु प्रदुषण बढाएको देखिएको छ । यसैगरी बहुसंख्यक रुपमा आउने भारतीय पर्यटकले जथाभावी फोहरमैला फालिदिदा लुम्बिनी क्षेत्र दुर्गन्धीत भइरहेको छ । भारतीय पथ प्रदर्शक संगै आउने भारतीय पर्यटकहरुले बसमै खाद्यान्नको समान लिएर आउने र लुम्बिनी बसपार्कमा रोकी त्यसैको आसपासमा पकाएर खाने गरेका छन् ।
अर्कोतर्फ लुम्बिनी नजिकैका ठूला ठूला उद्योगबाट निस्कने कार्बन उत्सर्जनले पनि लुम्बिनीलाई संकटमा पारिरहेको छ । भैरहवादेखी लुम्बिनी जाने बाटोमा रहेका लुम्बिनी औद्योगिक करिडोरका उद्योगहरुको स्थानान्तरण चाडैं नै हुनु जरुरी छ । नेपाल सरकारले मन्त्री स्तरीय तहबाट सो क्षेत्रका उद्योगहरुलाई अन्यत्र स्थान्तरण गर्ने भनि माधब नेपाल प्रधानमन्त्री छदा निर्णय गरेको भएता पनि अहिले सम्म सो निर्णय व्यवहारतः लागु हुन नसक्दा वातवरणीय प्रतिकुलता दिनप्रतिदिन बढ्दै गएको हो । गर्मि र हावाहुरी चल्ने महिनामा भैरहवाबाट लुम्बिनी जाने २ पांग्रे सवारी साधन प्रयोगकर्ता पर्यटकहरु लुम्बिनी पुग्दा सिमेन्ट, छड र इट्टा उद्योगबाट निस्कीने कार्बन र कर्णबाट पोतिएको अवस्थामा भेटिने गर्दछन् ।
विश्वको करिब ३ करोड बौद्ध धर्मालम्बी र त्यति नै संख्याका मानिसले विश्वास र भरोसा राख्ने लुम्बिनी दिनप्रतिदिन यसरी प्रदुषणयुक्त हुदां एकातिर पर्यटन व्यवसायी त अर्कोतिर वातवरण संग सरोकारितहरु मात्रै होइन आम सर्वसाधरण समेत चिन्तीत बन्न थालेका छन् ।
लुम्बिनीको वातवरणीय सन्तुलनलाई कायम राख्न वर्षेनी डब्लुडब्लु एफ लगायत विभिन्न दातृ निकायले लाखौं मूल्यको वृक्षारोपण समेत गर्ने गदृछन् । तर त्यसको पनि संरक्षण नहुदां त्यो काम उपयोगी हुन सकेको छैन । बडो तामझामका साथ १० डिसेम्बर २०१४ मा तत्कालीन नेपालकालागी भारतीय राजदूत रन्जित रे ले रोपेको मायादेवी परिसरको बोधी वृक्ष होस् वा डब्लु डब्लु एफको लाखौं खर्चेर रोपीएका विरुवा सबै उपयोगवीहिन भएका छन् । यहांसम्मकी वृक्षारोपण भएको क्षेत्रमा हरेक वर्ष आगलागी हुदां लुम्बिनी क्षेत्रको जंगल बारम्बार खरानी हुने गरेको छ । यसरी एकातिर लुम्बिनीको वातवरणमा आन्तरिक प्रभाव परिरहेको छ भने अर्कोतिर विश्वव्यापी रुपमा भइरहेको वातवरणीय परिवर्तनले पनि ठूलो धक्का दिइरहेको छ । वातवरणीय परिवर्तनका कारण लुम्बिनी क्षेत्रमा हुने सारस, नील गाई, बदेंल, मृगहरुको चरन पनि कम हुदैं गएको छ । विश्वको सामरिक मह्त्वको केन्द्र लुम्बिनीको विकासकोलागी प्राध्यापक केन्जो टांगेंले तयार पारेको गुरुयोजनाको काम अहिले सम्म ८० प्रतिशत पुरा भएको बताईन्छ । तर उक्त कार्य अगाडी बढाउन मुख्य भूमिका खेल्ने विकास कोषका सदस्य सचिव राजनीतिक खिचातानीको कारण डेढ बर्षदेखी नियुक्त हुन सकेका छैनन् । सदस्य सचिवको काम योजना प्रमुखले नै गर्दै आएका छन् ।
महेन्द्रराजमार्गको स्तरोन्नती
करिब ५० बर्ष अघि निर्मित पूर्व–पश्चिम महेन्द्र राजमार्गको स्तरोन्नतिको शुभारम्भ गरिएको छ । प्रधानमन्त्री के.पी शर्मा ओलिले महेन्द्रराजमार्गको स्तरोन्नतीको शिलन्यास गरेसंगै उक्त काम प्रारम्भ भएको हो ।
बुटवल–नारायणगढ सडकखण्डलाई चार लेनको बनाइने भएको छ। बुटवल–नारायणगढ खण्ड दुई भागमा विभाजन गरिएको छ। पहिलो खण्ड पूर्वीनवलपरासीको गैंडाकोटदेखि दाउन्नेसम्म साढे ६४ किमि र दोस्रो खण्ड दाउन्नेदेखि बुटवल चौराहासम्म साढे ४८ किमि छ । एसियाली विकास बैंकको ऋण सहयोग रहेको उक्त सडक स्तरोन्नतीको ठेक्का समेत भइसकेको छ । सडक निर्माणको कुल लागत १६ अर्ब ९९ करोड ५२ लाख ९५ हजार रुपैयाँ छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पाेरेसनले ४२ महिनाभित्र योजना निर्माण पूरा गरी ठेक्का पाईसकेको छ । एसियाली विकास बैंकले उपलब्ध गराएको ऋणको समयावधि ३२ वर्ष रहेको छ। कुल लागतको ८५ प्रतिशत एडीबी र १५ प्रतिशत सरकारको लगानी रहनेछ। एडीबीले नेपाल सरकारलाई १ दशमलव ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएको हो।
मेडिकल कलेज
यसैबीच प्रधानमन्त्रीले रुपन्देहीको तिलोत्तमामा प्रादेशिकस्तरको बुटवल मेडिकल कलेज भवनको शिलन्यास गरेका छन् । तिलोत्तमामा बन्न लागेको मेडिकल कलेजका लागि २०० बिगाहा जग्गा छुटइएको छ। प्रारम्भिक अध्ययन सकिए पनि मेडिकल कलेज कस्तो बन्ने भन्ने अझै तय भएको छैन । प्रधानमन्त्रीले राजमार्गको स्तरोन्नती र मेडिकल कलेजको भवनको शिलन्यास गर्नुपुर्व भैरहवा स्थित निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको स्थलगत निरिक्षण गरेका थिए । उनले निरीक्षणको क्रममा कुनैपनि बहानामा काममा बिलम्ब गर्न नहुने बताएका थिए । ओलीले विप्लपलाई पाखा र सिके राउतलाई काखा गरिएको भन्ने भ्रमात्मक समाचारको पछि नलाग्न आग्रह समेत गरेका छन् । उनले चन्दा आतंक तत्काल बन्द गरेर कानुन अन्र्तगत आउन आग्रह समेत गरे ।
