logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    टेड क्रुज राष्ट्रपति उम्मेदवार दौडबाट पछाडी हटे


    २२ बैशाख २०७३ , बुधबार

    टेड क्रुज राष्ट्रपति उम्मेदवार दौडबाट पछाडी हटे

     
    वैशाख २२, २०७३ रिपब्लिकनका तर्फबाट अमेरिकी राष्ट्रपतिको उम्मेदवारीका लागि संघर्ष गरिरहेका टेड क्रुजले प्रतिष्पर्धा त्याग्ने निर्णय गरेका छन् । उनको यो निर्णयसँगै रिपब्लिकनका तर्फबाट डोनाल्ड ट्रम्प आसन्न राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार हुने पक्कापक्की भएको छ ।

    इन्डियाना राज्यमा भएको मतदानमा पनि डोनाल्ड ट्रम्पले जित हासिल गरेपछि क्रुजले दौडबाट बाहिरिने निर्णय04052016081314trump-1000x0 लिएका हुन् । यससँगै अमेरिकाको राष्ट्रपति उम्मेदवार चयन अहिले रोचक मोडमा पुगेको छ ।

    उता डेमोक्रेटिक तर्फ पूर्व परराष्ट्रमन्त्री हिलारी क्लिन्टन दौडमा अगाडी रहेपनि इन्डियानामा आज भएको मतदानमा उनी बर्नि स्यान्डर्ससँग पराजित भएकी छिन् । डेमोक्रेटिकका तर्फबाट क्लिन्टन नै उम्मेदवार चयन हुने सम्भावना प्रवल रहेपनि स्यान्डर्सले आफ्नो पराजय नस्विकारेसम्म दौड भने रोकिने छैन ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.