कमल रायमाझी
भैरहवा, २३ चैत । कोरोना भाइरस (कोभिड–१९) का कारण राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम अवस्थामा आएर प्रभावित बनेको छ ।

चिनियाँ निर्माण कम्पनीले निर्माण गरिरहेको यो विमानस्थल सन २०२० मार्च ३१ सम्म निर्माण कार्य सकिने अन्तिम म्याद भएपनि कोरोना भाइरस (कोभिड–१९) सक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण सुस्ताएको हो ।
विमास्थलको निर्माणमा धावन मार्ग, अन्तराष्ट्रिय टर्मिनल भवन, ट्याक्सी वे, सिसिटिभी, रेस्क्यु एण्ड फायर फाइटिङ, कन्ट्रोल टावर, केहि प्राविधिक उपकरण जडान र प्रशांसनिक भवन लगायत ९० प्रतिशत कार्य सम्पन्न गरिसकेको भएपनि लकडाउनका कारण थप काम गर्न समस्या रहेको निर्माण कम्पनीले जनाएको छ ।
निर्माण कार्यमा स्थानिय मदजुरहरु लकडाउनका कारण घर फर्किसकेको, नदिजन्य पर्दाथ निकासी गर्न नपाएको र विमानस्थलमा जडान गर्न खरिद गरेका उपकरणहरु ल्याउन नपाएपछि निर्माणकार्य प्रभावित बनेको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिनुभयो ।
चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले सन २०१४ डिसेम्बर ३१ मा ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँमा ग्लोवल टेन्डर मार्फत विमानस्थल निर्माण कार्यको जिम्मा लिएको हो ।
जसको सन २०१७ डिसेम्बर सम्ममा निर्माण कार्य सम्पन्न गुर्नपर्ने सम्झौता रहेको थियो । तर निर्माण कम्पनीले मधेस आन्दोलन, भारतिय नाकाबन्दी र आन्तरिक कारण देखाउदै चार पटक निर्माण सम्पन्न गर्ने म्याद थपिसकेको छ । यो चारपटक थपेको म्यादमा पनि विमानस्थल निर्माण कार्य सक्न गाह्रो भएको आयोजना प्रमुख अधिकारीले बताउनुभयो ।
एसियाली बिकास बैंक –एडिबि क्रण सहयोगमा निर्माण भैरहेकको यो बिमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्दा ठुलो विमानस्थल हो । यस विमान स्थलको कुल ७ सय ८७ विघा क्षेत्रफलमा निर्माण कार्य भैरहेको छ ।
विक्रम सम्वत २०२३ साल देखि आन्तरिक उडान गर्दै आएको यो बिमानस्थलको निर्माण कार्य सम्पन्न भएपछि प्रदेश नम्बर ५ को आर्थिक तथा सामाजिक विकासमा ठुलो सहयोग पुराउने अपेक्षा गरिएको छ ।