पशुपती यादव/लुम्बिनीखवर
धकधई । जिल्ला पुर्वि दक्षिण क्षेत्र रोहिणीका स्थानिय व्यापारी सोनिका एण्ड वैष्णवी ट्रडर्सका सञ्चालक चन्द्र प्रकाश यादवले आफनो टोलका गरिव तथा विपन्न वर्गलाई सहयोग वितरण गरेका छन् ।

प्रत्येक वर्ष योगीहरुलाई गाउँमा बोलाएर भण्डारा लगाउने यादवले यो वर्ष भण्डारा लगाउने रकमले गरिवलाई राहत वितरण गरेको बताएका छन् ।
सरकारले लगाएको बन्दाबन्दीका कारण भण्डारा लगाउन नपाएपछि गरिवलाई सहयोग गरेको यादव बताउछन् ।
उनले रोहिणी गाउँपालिका वडा नम्बर २ र ३ का १५० घर परिवालाई प्रत्येक परिवार २ किलो आलु,, २ किलो व्याज र १ प्याकेट स्याविन राहत स्वरुप स्थानियहरुलाई बितरण गरेको जानकारी दिए ।
आफ्नो व्यक्तिगत खर्चमा राहत वितरण गरेका यादवले स्थानिय सरकारको सहकार्यमा जनताको सेवा तयार रहेको बताएका छन् । उनले आफ्नो जन्मस्थाममा कसैले पनि दुःख पाउनु नपरोस भनेर गरिवहरुको सेवामा लागेको बताएका छन् ।
बुवा, हजुरबुवा देखि समाजको सेवामा लागेको यादव परिवार अहिले पनि रोहिणीक्षेत्रको प्रतिष्ठीत परिवार हो । बुवा धेरै पटक यस गाउँपालिको प्रधानपञ्च भएर जनताको सेवामा जिवन विताउनु भयो, यादव भन्छन् । मैले पनि गरिव दुःखीहरुको सेवामा सहयोग पुराउन पाउदा आन्नद आउछ ।
रुपन्देही क्षेत्र नम्बर ४ वाट निर्वाचित संघिय सांसद प्रमोद कुमार यादव र रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादव समेत उनका सहोदर भतिज हुन ।