logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    सीमा देखि बस्ती सम्मको बिकासमा प्रदेश सरकार


    ६ असार २०७७ , शनिबार

    सीमा देखि बस्ती सम्मको बिकासमा प्रदेश सरकार

    पशुपती यादव
    धकधई, ६ असार । प्रदेश नं. ५ सरकारले सीमा देखि बस्ती सम्मको विकासलाई मुख्य प्राथामिकतामा राखेको छ । भारतिय सीमा संग जोडिएका बस्तीहरुको विकासमा प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्नुका त्यस क्षेत्रमा शिक्षा, स्वास्थ्य र कृषिलाई अगाडी बढाएको प्रदेश नं.५ का प्रदेश सभा सदस्य अर्थात अर्थ, उद्योग तथा पर्यटन समितिका सभापती दधिराम न्यौपानेले बताए ।


    शुक्रवार रुपन्देहीको रोहिणी गाँउपालिकामा निर्माणधिन जनता आवाज कार्यक्रम अन्तरगत बनेका भवनहरुको अनुगमनमा सीमा क्षेत्र पुगेका सभापती न्यौपानेले प्रदेश सरकार सीमा देखि बस्ती सम्मको बिकासमा लागिरहेको बताए ।
    आर्थिक बर्ष २०७६÷०७७ मा प्रदेश सरकार बाट गरिब, असाहय र विपन्न बर्गका लागि परेको जनता आवास कार्यक्रम अन्तरगतको बजेट बाट रोहिणी गाउँपालिकामा निर्माण भैरहेका भवनहरुको अनुगमन गर्ने क्रममा उनले जनताको जिवन स्तर माथि उकास्नका लागि प्रदेश सरकार तप्परताका साथ लागेको जानकारी दिए ।
    उनले गरिव तथा असाहयका लागि प्रदेश सरकारले थप योजनाहरु अगाडी सारेको बताउदै आगामी बर्षमा शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारमा बजेट विनियोजित गरेको जानकारी दिए ।
    रोहिणी गाउँपालिका वार्ड नं. २,४,५ र ६ मा प्रदेश सरकारले निर्माण गरिरहेको २३ वटा जनता आवाज कार्यक्रम अन्तरगत बनिरहेका भवनहरुले गरिव तथा असाहयहरुको मुहार खुसी ल्याउने न्यौपानेले बताए ।
    सभापती न्यौपानेले त्यसक्षेत्रमा निर्माणधिन वेनिपुर मदरसा र मुख्यमन्त्री ग्रामिण कृषि कार्यक्रमको प्रगती विवरण समेत जानकारी लिएको उनका स्वकिय सचिव हिमाल पाण्डेले जानकारी दिए ।
    प्रदेश सभा सदस्यमा निर्वाचित भए संगै मधेसको विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएका न्यौपानेले आगामी बर्षका लागि समेत धेरै योजनाहरु लिएर गाउँगाउँमा पुगेको नेकपा रुपन्देही जिल्ला कमिटि सदस्य प्रदिप पाण्डेले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.