logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    परिणाममुखी काम गर्न कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन


    ११ मंसिर २०७७ , बिहिबार

    परिणाममुखी काम गर्न कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

    कमल रायमाझी
    भैरहवा, मंसीर ११ ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कसैको लोभलालचमा नपरी काम गर्न भन्सार राजश्वका कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँले राष्ट्रीहीत सम्झेर काम गरेमा राम्रो परिणाम पनि आउने बताउनुभयो । बिहीबार भैरहवा भन्सार कार्यालयको निरीक्षण पछि भन्सार र आन्तरिक राजश्वका कर्मचारीलाई निर्देशन दिदै उहाँले भन्नुभयो, ‘यो बेला भनेको सबैले राज्यलाई सहयोग गर्ने बेला हो, अझ कर्मचारी साथीहरुको विशेष भूमिका हुन्छ । त्यसैले तपाईंहरुले दृढताकासाथ काम गर्नोस् । कसैको लोभलालचमा नपर्नुस् ।’


    अर्थमन्त्री पौडेलले कोरोना भाइरसका कारण राज्यलाई स्रोत जुटाउन र परिचालनमा समस्या भएको बताउँदै राजश्व चुहावटलाई नियन्त्रगरी राज्यलाई काँध थाप्न कर्मचारीलाई आग्रह समेत गर्नुभयो । उहाँले देशको विकासका लागि अर्थतन्त्रको महत्वपूर्ण भूमिका रहने भएको हुँदा अर्थ संकलनका लागि कर्मचारी इमान्दार राजश्व असुलीमा लाग्नु पर्ने बताउनुभयो । करदाता र कर प्रशासनको सम्बन्ध नंग र मासुको जस्तो हुनुपर्ने बताउँदै उहाँले हार्दिकता, मैत्रीपूर्ण, उत्प्रेरणा र चेतनशील भएर काम गर्नु पर्ने बताउनुभयो ।
    मन्त्री पौडेलले आफूले कहीकतै हस्तक्षेपकारी भूमिका नखेल्ने जनाउँदै कामको परिणाम चाहिएको जनाउनुभयो । ‘मैले सबैलाई भन्ने गरेको छु, कहीकतै मबाट असहयोग भन्ने हुँदैन तर कर्मचारी साथीहरुले गुनासो नआउने गरी परिणाम निस्कने गरेर काम गर्नुस्’, उहाँले भन्नुभयो । मन्त्री पौडेलले राजश्व अभिबृद्धिमा कर्मचारी प्रशासनको महत्वपूर्ण भूमिका हुने भएकाले सबल अर्थतन्त्र निर्माणका लागि सबै कर्मचारी एकजुट भएकार काम गर्नुपर्ने बताउनुभयो ।
    नेकपा महासचिव समेत रहहनुभएका अर्थमन्त्री पौडेलले बजेटमा स्रोत व्यवस्थापन गर्न धौंधौ भइरहेको जनाउँदै स्रोत व्यवस्थापन गर्न नसके राष्ट्रकै आर्थिक जीवनमा अवसर पर्ने बताउनुभयो । उहाँले यसका लागि सबैले आआफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्नुभयो । मन्त्री पौडेलले भन्सारका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भैरहवा नाकामा एकीकृत जाँच चौकी (आईसीपी) निर्माण अघि बढाउन पहल भइरहेको जनाउनुभयो । ‘नेपालगंजमा आईसीपी निर्माण सुरु गर्दा भैरहवामा पनि उद्घाटन गर्ने नेपाल सरकारको चाहना थियो । तर हामी एक्कैले गरेर हुँदैन । यस विषयमा भारतसँग पहल गर्नेछौं’, उहाँले भन्नुभयो । १५ वर्ष अघि भारत सरकारको लगानीमा भैरहवा नाकामा आईसीपी निर्माण गर्ने सम्झौता भए पनि भारतीय पक्षको उदासीनताका कारण काम अघि बढ्न सकेको छैन । जसले गर्दा भैरहवा भन्सारको दैनिकी कामहरु सहजरुपमा हुन सकेको छैन ।
    यस्तै, मन्त्री पौडेलले बेलहिया–बुटवल व्यापारिक मार्ग अब चाँडै नै निर्माण सम्पन्न हुने जनाउनुभयो । ‘यो सडक निर्माण अझै सकिएको छैन । यसले समस्या भइरहेको छ । मैले आयोजना प्रमुख र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवसँग कुरा गरेको छु । केही समयमै सडक निर्माण भइसक्ने छ र हामीले चाँडै नै उद्घाटन गर्न पाउने छौं’, उहाँले भन्नुभयो ।
    भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले आईसीपी निर्माणलाई चाँडो अघि बढाउन पहल गर्न मन्त्री पौडेलसँग आग्रह गर्नुभयो । उहाँले पार्किङ अभावमा भन्सारमा जामको समस्या भएको बताउँदै अहिले गाडी पार्किङ गर्ने ठाउँ साँगुरो हँुदा चेकजाँचमा समेत ढिलाई भएको बताउनुभयो । ‘अहिले जम्मा ५ सयको हाराहारीमा गाडी पार्किङ गर्न मिल्छ, आयात बढीरहेको अब पार्किङ क्षमता सोही हाराहारीमा बढाउनुपर्छ’, उहाँले भन्नुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.