
कमल रायमाझी, सम्पादक
लुम्बिनीखबर पत्रिकाको शुरुवातसँगै हामी निरन्तर रुपमा १० वर्ष पूरा गरेका छौँ । जसका कारण यो पत्रिका भैरहवाक्षेत्रको छापा माध्यममा निरन्तर प्रकाशित हुने पहिलो र लोकप्रिय पत्रिका पनि हुन सफल भएको छ । हामीले यो पत्रिकाको शुरुवात गर्दा भैरहवामा धेरै पत्रिका निस्केर बन्द भएको अवस्था थियो । त्यो शुन्य अवस्थामा यहाँका समाचार तथा विषयवस्तुहरु मिडियाभन्दा टाढा भएको अवस्थामा लुम्बिनीखवर पत्रिका प्रकाशित गरी समेट्ने प्रयास हामीले गरेका थियौँ । शुन्य अवस्थामा शुरु भएको यो पत्रिकाको निरन्तरताले आज १० वर्ष पूरा गरेको छ । यो १० वर्षको अवधीमा हामीले उद्देश्यअनुरुप केही पूरा ग¥यौँ, केही पूरा गर्न सकेनौ । हामीले यो अवधीमा भैरहवा क्षेत्रलाई सञ्चार माध्यमबाट संसार माझ पुर्याउन महत्वपूर्ण भुमिका खेल्याँै । सीमित सञ्चारकर्मीको दायरामा रहेको भैरहवालाई फराकिलो बनाउने कार्यमा जोड दियाँै । आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगार, कृषि र जनताको पक्षमा लुम्बिनीखबरलाई उभ्याउने काममा निरन्तरता दिइरह्यौँ । हामीले सीमा अपराध, तस्कर, दलाल र माफियाको विरुद्धमा सधै कलम चलाई रहेका छौँ । गरिब, दुःखी, असहाय र सर्वहारा वर्गको मुक्तिका निम्ति समेत लुम्बिनीखबरले आफ्नो अभियानलाई पहिलो दिनदेखि आजसम्म सञ्चारको क्षेत्रबाट महत्वपूर्ण भूमिका खेलिरहेको छ । केही गर्न चाहेर पनि गर्न सकिरहेका छैनौ । हाम्रो अभियान रुपन्देहीका ग्रामीण क्षेत्रमा पत्रिका निरन्तर पुर्याउने र प्रत्येक गाउँगाउँमा समाचारका लागि युवाहरुलाई सचेत तथा तालिम लुम्बिनीखबरको व्यवस्था गर्ने , कृषिक्षेत्रलाई पत्रिकाले अभियानको रुपमा अगाडि बढाउने, लुम्बिनीक्षेत्रको विकासमा भूमिका खेल्ने , बुद्ध दर्शन, साहित्य र विकास निर्माणमा युद्धस्तरमा लाग्ने कामलाई सैद्वान्तिक रुपमा सोचे जस्तो भूमिका खेल्न सकेका छैनौ । व्यावसायिक रुपमा पत्रिकालाई सञ्चालन गर्दा यो अभियानले सफलता पाउन नसकेको हामीलाई अनुभूति भएको छ । आगामी दिनमा विगतमा भएका कमजोरीबाट पाठ सिक्दै केही नयाँ रुपमा अगाडि बढ्ने प्रतिबद्धता गर्दछाँै । हामीले पत्रिका शुभारम्भसँगै भैरहवामा १ दर्जन जति छापा र डिजिटल पत्रिका खुल्ने र बन्द हुने प्रकृया जारी छ । तर हामी जनतापक्षबाट निडर भएर कलम चलाइरहेकाछौँ,चलाइरहनेछौँ । हामीलाई अहिले पनि पत्रिकाको त्यो पहिलो अङ्क निकाल्दाको सम्झना झल्झली आउने गर्छ । पत्रिका शुरुवात गर्दा समाचार लेख्ने पत्रकार भनेको कमल रायमाझी मात्र हुनुहुन्थ्यौ । अरु साथीहरु सिक्ने क्रममा थियौँ । तर आजसम्म आई पुग्दा लुम्बिनीखबरले मात्र १ दर्जनभन्दा बढी पत्रकार उत्पादन गर्न सफल भएको छ । भैरहवा बहुमुखी क्याम्पसमा अध्ययनरत १० जना युवाहरुको सकृयतामा पत्रिका प्रकाशनको जमर्को गरेका थियौँ । शुरुवातमा अध्यक्ष शम्भुप्रसाद खनाल, प्रधान सम्पादक डा. घनश्याम न्यौपार्ने परिश्रमी’, सम्पादकमा नरेश के.सी, सह–सम्पादकमा कमल रायमाझी र प्रबन्ध सम्पादकमा प्रज्वल धिताल, व्यवस्थापकमा माधव भुसाल, थानेश्वर पाण्डे (प्रकास), गोकुल पोखरेल, युवराज भुसाल, टिपी न्यौपाने, गोविन्दप्रसाद गिरी सहितको टिम रहेको थियो । “अवरोध होइन, निकास आवश्यक” भन्ने सम्पादकीय लेखेर पहिलो अङ्कको शुरु गरेका थियौँ । त्यतिखेर देशमा पहिलो संविधान सभाको निर्वाचनपछि संविधान बन्ने क्रममा संविधान सभा र सरकार अस्तव्यस्त रुपमा सञ्चालनमा थियो । “ शान्तिभूमि लुम्बिनी घुम्न आउने पर्यटकको संख्यामा वृद्धि” भन्ने पहिलो समाचार प्रकाशन गरेका थियौँ ।
प्रा.डा. कपिल देव लामिछानेको अन्तरवार्ता पनि पत्रिकाको पहिलो अङ्कमा छापेका थियौँ । यसका साथै पत्रिकामा “बेलाको बोली” राशिफल, कला र कलम, जस्ता विषयवस्तु नियमित प्रकाशित गरेका थियाँै । “सङ्घर्षपूर्ण १० वर्षे यात्रा” गर्दा हामीले जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने अवसर प्राप्त गरेका छौँ । प्रधान कार्यालय भैरहवामा रहेर काम गरिरहेको हाम्रो पत्रिकाको शाखा कार्यालयहरु धकधई, मर्चवार, लुम्बिनी, कपिलवस्तु, नवलपरासी, पाल्पा, र दाङमा छन् । देशैभरी हुलाक र प्रत्यक्षरुपमा पत्रिका पुराउने व्यवस्था समेत हाम्रो व्यवस्थापनले गरेको छ । छापा माध्यमबाट पत्रिकाको शुरुवात गरेको हाम्रो टिमले पत्रिकाको साथसाथै आज डिजिटल पत्रिका अनलाइन इलुम्बिनीखवर डट कम र समता टेलिभिजनबाट आमदर्शक तथा पाठकमाझ निरन्तर पुगिरहेका छौँ । यो अभियान हाम्रो निरन्तर रहने जानकारी पनि गराउन चाहान्छौं । हामीले लुम्बिनी प्रदेशभर आफ्नो अभियान पुराउने र राष्ट्रियस्तरमा मिडियाले खेल्ने भूमिकालाई स्तरोन्नती गर्ने अभियानमा लागिरहेका छाँै । मिडियालाई अधिकार विहीनको अधिकारका लागि र सहारा विहीन भएकालाई सहाराको भूमिका खेल्ने पक्षमा हामी छौँ ।