
भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीद्वारा साढे २ अर्ब बढीको बुद्ध मूर्ति अनावरण भएको छ । बहुमूल्य धातु ‘ह्वाइट जेड’ बाट बनेको बुद्धमूर्तिको आइतबार राष्ट्रपति बिद्यादेवी भण्डारीले अनावरण गर्नुभएको हो ।
मूर्ति अनावरण कार्यक्रममा स्पेनको एक्स्ट्रेमादुरा प्रदेश सभाका अध्यक्ष ब्लान्सा मार्टिन, डेल्गाडोसहितका विशेष प्रतिनिधिको उपस्थिती रहेको थियो । त्यस्तै कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकुष्ण खाँड, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीना, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी लगायतको पनि उपस्थिती रहेको थियो ।
उक्त मूर्ति एक साताअघि म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट रुपन्देही ल्याइएको थियो । लुम्बिनी गार्डेन फाउण्डेशनको समन्वयमा ल्याइएको मूर्ति एक हजार ८ सय किलोग्रामको रहेको छ ।